• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै

  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
  • कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी पूरा भएको बताउनुभयो । उहाँका अनुसार आगामी माघ २३ गतेदेखि सबै खोप केन्द्रबाट खोप सञ्चालन हुनेछ ।

    Advertisement

    प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य प्रमुख र केही स्थानीय तहहरुलाई मङ्सिर २३ देखि २६ गतेसम्मभित्र दुई समूहमा राखेर प्रदेशस्तरको अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

    खोप अधिकृत भण्डारीेका अनुसार आगामी माघको ३ गतेभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत सबै वडा, स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई बोलाएर खोप केन्द्र निर्धारण गर्ने र प्रचारलाई तीव्र बनाउन बृहत् योजनासहित अभिमुखीकरण गरिनेछ । माघ ४ देखि १२ गतेभित्रमा प्रदेशका सबै स्थानीय तहमा अभिमुखीकरण सकेर वडा तहका स्वास्थ्यकर्मीलाई खोपका लागि आवश्यक तालिम प्रदान गरिनेछ ।

    आगामी माघ १२ देखि १५ गतेभित्र जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीबीच अभिमुखीकरण गरिने र १५ देखि १८ गतेभित्रमा स्थानीय तह, वडा खोप समन्वय समिति र विद्यालय शिक्षक, स्वयम्सेविकाहरुमाझ अभिमुखीकरण कार्यक्रम तय भएको जनाइएको छ ।  माघ १० गतेभित्रमा सबै जिल्लामा खोप पु¥याइसकिने खोप अधिकृत भण्डारीको भनाइ छ । हाल झापा, मोरङ, सुनसरी र धनकुटामा आवश्यक प्रचार सामग्रीहरु पुगिसकेको र बाँकी जिल्लामा तीन दिनभित्र पु¥याइने उहाँले बताउनुभयो ।

    खोपलाई प्रभावकारी बनाउन र समन्वय गर्न प्रदेश स्वास्थ्य निर्देशानलय, आपूर्ति व्यवस्थापन केन्द्र र खोप साझेदार निकाय डब्लुएचओ वाटर हेडलगायतका टोली सहजीकरणका लागि जिल्लाहरुमा परिचालन गरिसकिएको उहाँले बताउनुभयो । “प्रदेशमा खोपको कमी छैन”, उहाँले भन्नुभयो, “तर खोप सबै लक्षित किशोरीहरुमा पु¥याउन चुनौती छ । यसका राजनीतिक दल, सामाजिक क्षेत्र, स्थानीयवासी र सञ्चारकर्मीको सहयोगको अपेक्षा गरेका छौँ ।”

    विद्यालयबाहिर रहेका किशोरीहरु अधिकांश पिछडिएका, गरिबीका चपेटामुनिका हुँदा उनीहरुको पहिचान गरी खोप केन्द्रसम्म ल्याउन स्वास्थ्यकर्मीले मात्र नसक्ने हुँदा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । -रासस

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.