• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन उद्योग संघको ३३ औं बार्षिक साधारण सभा सम्पन्न


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • भरतपुर/वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालमै उद्यमशिलताको प्रबद्र्धन गरी देशमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
    चितवन उद्योग संघको ३३ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री लामाले राज्यले उद्योगी, व्यवसायमा लाग्न चाहनेहरुलाई उत्पे्ररित गरी उद्योगमैत्री योजनाहरु ल्याउनु पर्ने बताउनुभयो ।
    त्यस्तै विशिष्ट अतिथि चितवन क्षेत्र नं. २(ख) का बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले नेपालका उद्योगबाट नै देशको अर्थतन्त्रलाई चलायमान हुने हुँदा उद्योगहरु सञ्चालनका लागि पर्ने नीतिगत समस्याहरुमा परिमार्जित हुन जरुरी रहेको बताउनुभयो । त्यस्तै जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले स्थानीय तहमा सञ्चालन हुने उद्योगले रोजगारीको सिर्जनाको गर्न टेवा पुग्ने हुँदा स्थानीयस्तरमा रहेका उद्योगहरुलाई एकै ठाउँबाट सञ्चालन गर्ने अवधारणाको विकास हुन जरुरी रहेको बताउनुभयो ।
    त्यस्तै नेपाल उद्योग परिसंघका कार्य बाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको उद्योगी, व्यवसायीहरुलाई सरकारको नीतिगत व्यवस्थाहरुको कारण अल्झ्याउने काम भईरहेको बताउनुभयो ।
    त्यस्तै साधारणसभाको अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रुद्र ढकाल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष नरेन्द्र कुमार कन्दङ्वा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कृष्ण प्रसाद भुषाल, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा उद्यमी सन्देश –२०८१ को विमोचन समेत गरिएको थियो ।
    साधारणसभाको अवसरमा चितवन उद्योग संघको स्थापनाको मर्म र भावनको उच्चतम् आत्मसाथ गर्दै संस्थागत गरिमा उच्च बनाउने हरेक अभियानमा मन, वचन र कर्मले कटिबद्ध भई संघका अभियानहरुलाई कार्यान्वयन गराउन पालिका समिति मार्फत खेल्नु भएको भूमिकाको मूल्याङ्कनमा उत्कृष्ट पालिका समिति मध्येबाट चितवन उद्योग संघ, माडी समिति र संघमा कार्यक्रम तथा गतिविधिहरु सम्पन्न गर्ने सन्दर्भमा तोकिएको जिम्मेवारी अथक मेहनत, इमान्दारीता एवम् दृढताको साथ सम्पन्न गर्न खेल्नु भएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कर्मचारीतर्फ संघका कार्यालय सहायक भरतपुर–९, चितवन निवासी प्रेमकला भुजेललाई नगद पुरस्कार सहित दोसल्लाले सम्मान गरिएको थियो ।
    साधारणसभामा चितवन उद्योग संघका पदाधिकारी एवम् सदस्यहरु, पूर्व कार्यसमिति क्लवका पदाधिकारी एवम् सदस्यहरु, पालिका समितिका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, महिला तथा युवा उद्यमी मञ्चका पदाधिकारी एवं सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
    त्यस्तै साधारणसभाको अवसरमा मायाको चिनो दिने खर्च व्यवस्थापन गरी नेपाल पत्रकार महासंघ चितवन शाखा मार्फत क्यान्सर पीडित पत्रकार भुपराज पाठक र संगीता बानियाँको उपचारको लागि रु ५१,०००।– सहयोग प्रदान गरियो ।
    यसैबीच चितवन उद्योग संघको ३३ औं बार्षिक साधारण सभाको अवसरमा सम्पन्न बन्द सत्र कार्यक्रम चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतमा सम्पन्न भएको थियो । बन्द सत्रमा उपाध्यक्ष एवम् आर्थिक, योजना तथा निर्माण विभागका प्रमुख गजेन्द्र अधिकारीले आ.व.२०८०÷०८१ को आर्थिक प्रतिवेदन, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन माथि सभाले छलफल गरी अनुमोदन समेत गरिएको थियो ।
    सभामा पूर्व अध्यक्षहरुको तर्फबाट पूर्व अध्यक्ष हरि प्रसाद सुवेदी, चितवन उद्योग संघ, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेल, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.