चितवनमा भ्रष्टाचार नियन्त्रणमा स्थानीय समुहको भुमीका विषयक अन्तक्रियात्मक छलफल भएको छ। भ्रष्टाचार विरुद्धको अभियान चितवनको सहकार्य र टा«न्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरीएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त छलफलमा टा«न्सपरेन्सी इन्टरनेशनल नेपालका निबर्तमान अध्यक्ष पद्दमिनी प्रधानाङ्ग विशिष्ट अतिथिका रुपमा उपस्थीत हुनुहुन्थ्यो। सहायक प्रमुख जिल्ला अधिकारी शर्माले छलफलमा बोल्दै नुनको सोझो गर्नुपर्ने भएकाले भ्रष्टाचार मौलाउँदै गएको बताउनुभएको छ।
छलफलमा वरिष्ठ पत्रकार एवं प्राध्यापक रामकृष्ण रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डि.एस.पी होम पराजुलीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। टा«न्सपरेन्सी इन्टरनेशनल नेपालका सचिव निलकण्ठ ढुङ्गानाले उक्त छलफल संचालन गर्नुभएको थियो। छलफलमा आफ्नो धारणा राख्दै भ्रष्टाचार विरुद्धको अभियान चितवनका अध्यक्ष भिम वहादुर श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्न सर्वप्रथम आफैबाट सुरु गर्नुपर्ने बताउनुभएको छ।
भ्रष्टाचार नियन्त्रणमा स्थानीय समुहको भुमीका विषयक अन्तक्रियात्मक छलफल
भ्रष्टाचार नियन्त्रणमा स्थानीय समुहको भुमीका विषयक अन्तक्रियात्मक छलफल
Advertisement
तपाईको प्रतिक्रिया




