भरतपुर/नेपाल पत्रकार महासंघ चितवन शाखाका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यसँग परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल सम्पन्न भएको छ । चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेले स्वागतसँगै चितवन उद्योग संघका महत्वपूर्ण परियोजनाका विषयमा जानकारी गराउनु भएको कार्यक्रममा
चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, उपाध्यक्ष गोपाल प्रसाद गैरे, कार्यसमिति सदस्यहरु रामहरि कँडेल, रमेशचन्द्र पुरी लगायतले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए । छलफलका क्रममा अधिकांश वक्ताहरुले औद्योगिक प्रबद्र्धनलाई अझै अगाडि बढाउने काममा मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका हुने समेत बताएका थिए ।
कार्यक्रम अन्तर्गत नै मिति २०८१ पौष १० गते बसेको कार्यसमितिको बैठकको निर्णय बमोजिम चितवन उद्योग संघसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम तथा गतिविधिहरुमा सल्लाह, सुझाव प्राप्त गर्ने अभिप्रायले संघको प्रेस सल्लाहकारका रुपमा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्षलाई प्रेस सल्लाहकारमा मनोनित गरिएको व्यहोराको पत्र समेत प्रदान गरिएको थियो ।
त्यस्तै मिति २०८१ मंसिर २८ गते सम्पन्न १२ औं अधिवेशनबाट तिनवर्षे कार्यकालको लागि निर्वाचित अध्यक्ष वसन्त पराजुली लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरुलाई हार्दिक वधाई ज्ञापन समेत गरिएको थियो ।
कार्यक्रमका विशेष व्यक्तित्व नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले पत्रकार महासंघ चितवनको गरिमालाई उच्च राख्दै उद्योगी, व्यवसायीहरुको जायज मुद्दाहरुमा आफ्ना कलमहरु चल्ने बताउनुभयो । उहाँले संघसँग विगतदेखिको सहकार्यलाई आफ्नो संस्थाको तर्फबाट समेत साथ र सहयोग रहने बताउनुभयो ।
परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुली, उपाध्यक्ष दिपेन्द्र अधिकारी, महिला उपाध्यक्ष शान्ता अधिकारी, सचिव राजेश घिमिरे, सह–सचिव रविना पौडेल, कोषाध्यक्ष कृष्ण आचार्य, कार्यसमिति सदस्यहरु अस्मिता पराजुली, सरोज उपरकोटी, सुनिलकुमार श्रेष्ठ, सुशिल पन्त, बद्रिप्रसाद अर्याल, सुरेन्द्र प्रसाद पौडेल, सुदन पौडेल, पूर्व अध्यक्ष वामदेव खनाल लगायत संघका कार्यसमिति सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यलाई हार्दिक वधाई ज्ञापन
नेपाल पत्रकार महासंघ चितवन शाखाका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यलाई हार्दिक वधाई ज्ञापन
Advertisement
तपाईको प्रतिक्रिया




