• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्छ : वडाध्यक्ष थापा


  •   बुधबार, पुष १०, २०८१ मा प्रकाशित
  • भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष विकास थापाले नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने बताएका छन् । दर्शन मिडिया प्रा।लि।ले आइतबार लिटिल फ्लावर स्कुलमा आयोजना गरेको वडाअध्यक्षसँग विद्यार्थी (जनप्रतिनिधि र विद्यार्थीबिच अन्तरसंवाद) कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले यस्तो बताएका हुन् ।
    ‘वडाका जनप्रतिनिधिहरुको सम्बन्ध सम्पूर्ण वडावासी नागरिकहरुसँग जोडिएको हुन्छ’ वडाध्यक्ष थापाले भने, ‘यस्तो सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ ।’ वडाध्यक्ष थापाले पहिलेपहिले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सिफारिस आदिको काम गर्न नगरपालिका नै धाउनु पर्ने अवस्था रहेको तर अहिले यी सबै काम वडा कार्यालयबाटै हुने गरेकोले नागरिकलाई सहज भएको बताए । कार्यक्रममा बोल्दै वडा सदस्य एवं महानगर कार्यपालिका सदस्य सुकमाया परियारले विद्यार्थी भाइबहिनीसँग प्रत्यक्ष संवाद गर्न पाउँदा, विद्यार्थीका जिज्ञासाहरु सुन्न पाउँदा खुसी लागेको बताइन् । उनले सरसफाइको काम, विकासको काम निरन्तर भइरहने कुरा भएको विचार व्यक्त गरिन् ।
    वडा सदस्य कमला बोलखेले विद्यार्थी र जनप्रतिनिधिबिचको अन्तरक्रिया कार्यक्रम वर्षको एकपटक राख्नु पर्ने सुझाव दिइन् । अर्का वडा सदस्य राम लोहनीले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । कार्यक्रममा निकै राम्रा कुरा उठेको उनको भनाइ थियो । वडा सदस्य माधव अर्यालले कार्यक्रममा विद्यार्थीहरुबाट वातावरण, सरसफाइलगायत विविध प्रश्न आएको बताए ।
    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ३ भित्र रहेका चमेलीदेवी पिया राष्ट्रिय मावि, लिटिल फ्लावर स्कुल, सिद्धार्थ इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुल, सेन्ट्रल इंग्लिस स्कुल, भृकुटी बोर्डिङ स्कुल र मुनलाइट बोर्डिङ स्कुलका विद्यार्थीहरु र प्रतिनिधि शिक्षक एवं वडा सचिव माधव सुवेदीको सहभागिता रहेको थियो । वडा सचिव सुवेदीले वडाले दिने सेवा सुविधाको बारेमा स्पष्ट पारेका थिए। कार्यक्रममा व्यवस्थापकीय भूमिका निर्वाहा गरेको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर मन्जुस एस जे र पत्रकार एवम् प्राध्यापक मधुसुदन दवाडीले यस्ता कार्यक्रमले विध्यार्थीमा स्थानीयप्रतिको जानकारी र विश्वास बढ्ने बताएका थिए।  दर्शन मिडियाका कार्यकारी निर्देशक प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका लागि वडा नम्बर ३ को कार्यालयले आर्थिक सहयोग गरेको थियो ।कार्यक्रम पत्रकार अजिता अधिकारीले संचालन गर्नुभएको थियो । कार्यक्रममा करिव चार सय विध्यार्थी सहभागी थिए।

    Advertisement

    बुधबार, पुष १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.