चितवन/नेपाल तमु (गुरुङ्ग) विद्यार्थी छोंज धीं ले तमु ल्होसारको अवसरमा दोश्रो खूल्ला बृहत साँस्कृतिक साझ नृत्य प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ। प्रतियोगिता पुष १४ गते बेलुका ६ बजे भरतपुर स्थित महाबौद्ध गुम्बा तिनखोलेको परिसरमा हुने भएको हो। प्रतियोगितामा सहभागी हुन पुष १३ गतेसम्म नाम दर्ता गरीसक्नु पर्ने छ । दर्ताको सुल्क रु.२०० भएको अध्यक्ष रुकशान गुरुङ्गले जानकारी गराएको छ। प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई क्रमश रु.१० हजार, ७ हजार , ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने गुरुङ्गले बताउनु भयो । साथै उत्कृष्ट भेषभुषामा प्रस्तुत हुनेलाई रु.३ हजारको साथमा प्रमाण–पत्र सहित पुरस्कृत गरिने छ।
Advertisement




