सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र विहानको समयमा खुल्ला गरिएको बेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिर गर्ने पाइएको भन्दै त्यसमा कडाइ गर्ने निर्णय गरेको छ । जो जहां छ त्यहि नजिकै रहेको पसलबाट अत्यावश्यक सामान पैदल यात्रामा गएर किन्न र निश्चित दूरी कायम गर्न सबैमा अनुरोध गर्ने र पालना भए नभएको अनुगमन गरिने समेत सहायक प्रजिअ नेत्र प्रसाद शर्माले बताए ।
चितवनमा हिजो थप एकको मृत्यु भएसंगै मृतक संख्या ४ पुगेको छ भने कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ बिहीबार मात्रै जिल्लामा २२ जना संक्रमित थपिएका थिए । जसमध्ये ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित रहेका छन् ।
Advertisement




