चितवन/लोटस एकेडेमीको आयोजनामा जिल्ला स्तरीय अन्तर विघालय महिला बास्केटबल प्रतियोगिता स्मल हेवन स्कुल प्रथम भएको छ। चितवन जिल्लाभरका विद्यालयलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा लोटस एकेडेमी भरतपुर ‘ए’ द्धितिय भएका छन् । भने लोटस एकेडेमी भरतपुर ‘बी’ तृतिय भएका छन् । जिल्लाका बिभिन्न १६ वटा टिमले सहभागिता रहेको प्रतियोगिता आहाना लामा बेस्ट प्रेयर भएकी छिन् ।
Advertisement
लिटल फ्लावर, स्मल हेवन, स्टेप बाई स्टेप, अंकुरम, अर्बिट, स्मल हेवन, स्काइराइडर, स्मल हेवन मोडल, लोटस एकेडेमी, नारायणी विद्या, ओम शान्ति, भृकुटी, गोल्डेन फ्यूचर, लोटस एकेडेमी, ओम शान्ति र ग्लोरियसले प्रतियोगीतामा रहभागीता जनाएका थिए । प्रतियोगिता विघालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा शुक्रबार देखि शुरु भएको थियो ।






