• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सप्तगण्डकी क्याम्पसका दुई दर्जन बढी विद्यार्थीले देखाए प्रतिभा


  •   शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
  • चितवन/भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत  दुई दर्जन विद्यार्थीहरुले गायन, नृत्य, सांस्कृतिक नाँच, कवितालगायत क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । क्याम्पसको ३७ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसले आयोजना गरेको खेलकुद सप्ताह र ट्यालेन्ट शोमा विद्यार्थीहरुले विविध क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन गरेका हुन् ।

    Advertisement

    कार्यक्रममा कक्षा ११ देखि स्नातक तह सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेको कार्यक्रम संयोजक तथा क्याम्पसको अतिरिक्त विभाग प्रमुख भूपेन्द्र खड्काले जानकारी  दिए । कार्यक्रम संयोजक खड्काले भने, ‘विश्वविद्यालय तथा क्याम्पसहरु प्राज्ञिक उन्नतिको  थलो मात्र होइनन् सबै विद्यार्थीमा रहेको हरेक  क्षमतालाई विकसित गर्ने अवसर दिनुपर्छ । सप्तगण्डकी क्याम्पसमा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विशेष खुबी भएका प्रतिभावान् विद्यार्थीहरु पाउँदा निकै खुसी भएको छु ।’ यस्ता कार्यक्रमहरुलाई नियमित क्यालेन्डरमा  उल्लेख गर्नुपर्ने उनले बताए ।

     

    त्यसैगरी शिक्षक कर्मचारी र सप्तगण्डकी अल्मुनाई बीचमा भएको मैत्रीपूर्ण भलिबल खेलबाट उद्घाटन गरिएको खेलकुद सप्ताहमा छात्रतर्फ ११ समूह बीच भएको प्रतिस्पर्धामा भलिबलमा कक्षा ११ म्यानेजमेन्ट पहिलो, बीबीएस पहिलो वर्ष दोस्रो र होटल म्यानेजमेन्ट कक्षा १२ तेस्रो भएका छन् । भलिबल खेलमा कक्षा ११ का शिवलाल चेपाङ उत्कृष्ट खेलाडी बने ।  ६ समूह सहभागी छात्रा भलिबलतर्फ बीए तेस्रो वर्ष पहिलो, बीएड पहिलो वर्ष दोस्रो  र तेस्रो बीबीए पहिलो समेस्टर तेस्रो भएका छन् । छात्रा भलिबलमा उत्कृष्ट खेलाडी मन्दिपा विश्वकर्मा भइन् ।

    त्यस्तै छ समूह सहभागी बास्केटबल प्रतियोगितामा छात्रतर्फ बीबीएस पहिलो वर्ष पहिलो, बीबीएस तेस्रो वर्ष दोस्रो र बीबीए आठौं सेमेस्टर तेस्रो भएका छन्  भने तीन समूह सहभागी छात्रा बास्केट बलमा  १२ व्यवस्थापनले प्रथमको उपाधि चुमेको छ । छात्रा बास्केट बलमा उत्कृष्ट खेलाडीको उपाधि लेरिजा कार्कीले चुमिन् ।

    १० टिमबीच भएको प्रतिस्पर्धामा फुटसल छात्रतर्फ कक्षा १२ शिक्षा पहिलो, दोस्रो बीएस्सी पहिलो वर्ष,  बीबीएस पहिलो वर्ष  तेस्रो भएका छन् । फुटसलमा उत्कृष्ट खेलाडीको उपाधि मनिष गुरुङले जितेका छन् ।  सात टिमबीच भएको फुटसल छात्रामा भने बीएड तेस्रो वर्ष पहिलो , दोस्रो बीबीए पाँचौ सेमेस्टर दोस्रो र बीबीए पहिलो सेमेस्टर तेस्रो बन्न सफल भएका छन् । छात्रातर्फ फुटसलमा उत्कृष्ट खेलाडी सन्ध्या पौडेल बनेकी छन् । ५० बढीको सहभागिता रहेको सर्टफुट प्रतियोगितामा छात्रतर्फ , मिलन गुरुङ पहिलो, सुशिल श्रेष्ठ दोस्रो,  प्रवेश रानाभाट तेस्रो बन्न सफल भए । छात्रातर्फ भने पहिलोमा शिभा अधिकारी पहिलो, दोस्रोमा सदिक्षा गुरुङ, तेस्रोमा पवित्रा उप्रेती बनिन् ।
    ४५ खेलाडी सहभागी टेबल टेनिसतर्फ छात्र तर्फ  प्रदिप तामाङ बीएड तेस्रो वर्ष पहिलो, सुभाष ढकाल दोस्रो, राजन मल्ल तेस्रो भएका छन् । टेबल टेनिस छात्रा तर्फ भने सन्ध्या पौडेल पहिलो, आश्मा थापा मगर दोस्रो र स्मृति कार्की तेस्रो भएका छन् ।

    विजयी खेलाडी र समूहलाई सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, क्याम्पस प्रमुख खिमलाल दाहालले नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरेका छन् । शिक्षा विभाग प्रमुख दिपक बाबु श्रेष्ठ, व्यवस्थापन संकायका उपप्राध्यापक विष्णु ज्ञवाली, नेपाली विभागकी सहायक प्राध्यापक गंगा भट्टराई सुवेदी,  विज्ञान विभागका उपप्राध्यापक जीवन गिरी र सहायक प्राध्यापक गणेश पौडेलले कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका थिए । सामूहिक खेलमा पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने सर्टफुट र टेबल टेनिसमा भने तीन हजार, दुई हजार र एक हजार पुरस्कार जितेका छन् । २४ बाट सुरु भएको खेलकुद सप्ताह बिहीबार सकिएको हो ।

    शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.