होटलियरको रुपमा सन १९७७ मा काठमान्डौको मल्ल होटलबाट बस ब्वइबाट क्यारिएर शुरु गर्नु भएका प्रेम शाह सन २०२० मा आइपुग्दा बिदेशी भुमिमा चार वटा देश हेर्ने एरिया डाइरेक्टर सम्म आइपुग्नु भएको छ । बिदेशी भुमिमा एक नेपाली युबाले यहाँ सम्मको सफलता हासिल गर्नुमा पनि हामीले त्यसैमा ठुलो गर्व गर्ने ठाउँ छ । त्यतीबेलाको चार तारे होटल मल्ल होटलबाट शुरु भएको उहाको क्यारिएर सन १९८१मा वयटरको रुपमा एभरेस्ट सेराटनमा ओपनिङको रुपमा ३ साल काम गरेर बिदेशी भुमिमा पहिलो पटक सन १९८३ मा कुबेतको र्याडिसन सासमा काम गर्ने मौका पाउनु भयो ।
बिभिन्न गहन जिम्मेवारी सम्हाल्दै फरक फरक पदमा फरक फरक आउट लेटमा गरेर उहाले सात बर्ष सास र्याडिसनमा बिताउनु भयो र केही समय फिलिपिन्समा घुम्नको लागि गएका बेला त्यही समयमा गल्फ वार शुरु भयो र सबै क्षेत्रमा नराम्रारी प्रभाब शुरु भयो । खाडी युद्दका कारण कुबेतको अर्थतन्त्र पनि नराम्रारी बिग्रन पुग्यो र सबै क्षेत्रलाई असर पुग्यो । यो अवस्थामा कुबेतका धेरै होटलहरुले कर्मचारी कटौती गर्न थालेका थिए र सुरक्षाका हिसाबले धेरैलाई आ आफ्नो देश पठाइयो । उहा पनि केही समय फिलिपिन्स मै अडकिनु भयो र सन १९९१ मा चार वटा आउट लेटको जिम्मेवारी सम्हाल्ने गरी सेराटन होटल कुबेतमा मैट्री डे होटल रुपमा काम शुरु गर्नु भयो ।
त्यसको लगत्तै एक बर्ष पछी कुबेत कै सास र्याडिअसन होटलमा एसिस्टेन्ट फुड एन्ड बेब्रेज म्यानेजरका रुपमा काम गर्ने मौका पाउनु भयो र ६ बर्ष सम्म निरन्तर सेवा दिनु भयो । उहाको काम गर्ने शैली इमानदारिता,लगनशिलका कारण एक पछी अर्को अबसरहरु आउँदै गयो र उहाको ति अबसर हरुलाई एक चुनौतीका रुपमा निर्बाह गर्दै जानु भयो । एक नेपालीको छोराको अतुलनिय काम सर्बत्र स्थानिय मिडियाहरुमा छाउदै गयो र अन्य होटल तथा फुड कम्पनीहरुले उहालाई झन अबसरको थाती आउन थाल्यो यसै क्रममा उहाले ६ बर्ष सास र्याडिसनमा काम पुरा गर्न साथ बिस्व फ्रेन्चाइज कम्पनी आइकियामा फुड एन्ड बेब्रेज म्यानेजरका रुपमा अबसर मिल्यो जसलाई उहाले एक चुनौतीका रुममा सहर्स स्वीकार गर्नु भयो ।
यसै कम्पनीमा अनरत रुपमा सेवा गरेर गहन जिम्मेवारी सम्हाली रहनु भएका शाहलाई सन २०१२ मा रिजनल डाइरेक्टरका रुपमा पदउन्नती गरी कुबेत,जोर्डन र मरक्को तीन देशलाई हेर्ने गहन जिम्मेवारी पुन्पिदियो जुन उहाले एक गहन रुपमा लिएर आफ्ना दायित्व पुरा गरे र समान रुपमा सबै देशहरुको आउटलेटहरुको बिस्तार र बिकासमा काम गरेर आफ्नो उच्च स्तरको ब्यबस्थापन खुबी देखाउन सफल हुनु भयो । यो प्रोजेक्ट पुरा गरेर उनले सन २०१५मा अर्को कम्पनी साभ्को हाइपर मार्केटमा एक्जुकेटिभ बिजनेस डेभलभमेन्ट म्यानेजरका रुपमा आफ्नो खुबी र कौसलता देखाउन शुरु गर्नु भयो र सफल रुपमा आफ्नो जिम्मेवारी सम्हाली रहेका बेला एक बर्ष पछी पुन पहिला कै कम्पनी आइकियाले अत्यन्त राम्रो अफर दिएर पुन बोलायो र साउदी अरबिया र बहारनको पूर्ण जिम्मेवारी थमाइ दियो र उहाले यो गहन पदावलीलाई पनि सहर्स स्वीकारेर काम गर्न शुरु गर्नु भयो र सन २०१६ बाट यसै बर्षको मार्च सम्म काम गरी रहनु भएको थियो ।यसै सिलसिलामा उहाकै प्रमुख प्रतीनिधित्वमा आइकियाका ६ वटा स्टोरहरु कुबेत,जोर्डन,रियाद,मरक्को,बहरान,जेद्दा मा स्थापना गर्न सफल हुनु भयो । उहाको कुसल नेत्रित्व र काममा दक्षताका कारण यि सबै देश र शहरका ति स्टोरहरु अहिले पनि सफल रुपमा सुचारु छन ।
कोभिड (१९ को पेन्डामिकका कारण उनले कम्पनीलाई छोडेर नेपाल आउने निधो गरेर प्रेम शाह अहिले नेपालमा हुनु हुन्छ । उहाको यो गहन जिम्मेवारी लिएर काम गर्ने शैलीले बिस्वभरका बिभिन्न कम्पनीहरुले र नेपालमा पनि प्रसस्त अबसरहरु दिइरहेका छन । कोभिड (१९को अन्त सँगै उनले अबका दिनमा नेपाल मै बसेर आफ्नो कार्य क्षेत्र बनाउने उहाको आफ्नै निवास बुढानिलकन्ठको एक भेटमा बताउनु भयो । बिदेशी भुमिमा धेरै गरियो अबको बाँकी जिबन नेपाल र नेपालीका लागि केही गर्ने र आफुले सिकेको ज्ञान र कौसलता उनिहरुका लागि सुम्पने शाहको सोचाइ छ ।
नेपालबाट स्कुले शिक्षा पुरा गरेर बिदेशिनु भएका प्रेम शाह काम कै शिलशिलामा उहाले सन १९८४ मा होम स्टडीका रुपमा आसीएस होटल म्यानेजम्यानमा डिप्लोमा गरे भने फुड एन्ड बेब्रेजमा आला कार्ट होटल म्यानेज्मेन्ट डान हाउगुइ नेदरल्यान्डबाट सन १९९५मा सर्टिफिकेट लेबल पास गर्नु भएको छ । सन १९९७मा सयुक्त्त राज्य अमेरिकाको कोर्नेल युनीभर्सिटी न्युवर्कबाट पिडिपी फिनान्स फर नन फिनान्स म्यानेजमेन्ट कोर्स पनि पुरा गर्नु भएको छ ।एकोलो होटलिएर लाउसन्ने स्विजरल्यान्डबाट सन २००१ र सन २००४मा गरेर दुई पटक आला कार्टमा फुड एन्ड बेब्रेज सर्टिफिकेट लेबल पास गरेका छन । सन २००४ मै बेलायतबाट ह्यासाप एन्ड फुड सेफ्टीमा डिप्लोमा गर्नु भएका उहाले कामको शिलशिलामा उहाले बिस्वका बेलायत,ग्रीस, फ्रान्स, रोम, जर्मनी, इटली, बेल्जेयम, स्विडेन, हल्यान्ड,डेन्मार्क, फिनल्यान्ड, स्कानडिनाभिया,अस्ट्रिया लगायत युरोपका सम्पूर्ण देशको भ्रमण गरिसक्नु भएको छ भने दुबइ,कुबेत,साउदी अरबिया,मरक्को,बहरान,टर्की,जोर्डन जस्ता खाडी देशहरुमा पनि पुग्नु भएको छ । सिङापुर,क्यानाडा,फिलिपिन्स,हङ कङ,थाइल्याण्ड श्रीलन्का,पाकिस्थान,बङलादेश,इन्डिया,अमेरिका गरेर ३६ भन्दा ज्यादा देशमा काम र ब्यक्तिगत हिसाबले पटक पटक घुम्न भ्याइसक्नु भएका शाह सबै नेपालीका लागि एक प्रेरणाका श्रोत मानिनु हुन्छ ।
कामको दक्षतालाई कदर गर्दै सन १९८९मा उनलाई सास र्याडिसन होटलबाट म्यानेजर अफ द इएर,सन २००१ र २००८मा गरी दुई पटक आइकिया कुबेतमा पनि म्यानेजर अफ द इएर द्वारा सम्मानित गरिएको छ । सन २००७मा वर्ड लिडर इकोनोमी फरम सुमिट दुबइमा सहभागी भएर आफ्ना दश्य पूर्ण बिचारहरु पस्केर बिस्वलाई चकित पार्नु भएको थियो । बिदेशमा रहदा सरकारी नियोगहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्नु भएका शाहले कयौ नेपालीहरुलाई रोजगारीको रुपमा अबसर पनि दिलाएका छन र अप्ठ्यारोमा परेर बिदेशमा फसेका नेपालीहरुलाई उद्दार गरेर नेपाल पठाउन सफल हुनु भएको छ । उहाको उधाहरनीय कामका कारण उनलाई बिदेश नचिन्ने नेपाली कमै भेटिन्छन् । नेपाली माटोमा जन्मेको छोरोले बिदेशी भुमिमा हद सम्मको यो सफलताले हामी नेपाली पनि बिस्वसामु शिर उचो गरेर जिउने सक्ने प्ररणा दायी ब्यक्तित्व प्रेम शाहबाट युबा पुस्ताले धेरै सिक्न सक्ने आधारहरु छन ।




