• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अस्ट्रेलियामा संसदको उम्मेदवार बन्दै चितवनका विनोद पौडेल


  •   मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
  • नेपाली मूलका विनोद पौडेलले अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीको तर्फबाट संसदको उम्मेदवारी दिने भएका छन्।  आगामी सन् २०२५ को निर्वाचनको लागि लिबरल पार्टीले न्यू साउथ वेल्स राज्यको मैकार्थर क्षेत्रबाट पौडेललाई उम्मेदवार बनाउन लागेको हो। लिबरल पार्टीको तर्फबाट उम्मेदवार बनेर संघीय संसदमा पुग्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको पौडेलले सेतोपाटीलाई बताए।

    Advertisement

    ‘यसअघिको निर्वाचनमा पराजित भए पनि अहिले आशावादी छु। मेरो चिनजान बढेको छ भने पार्टीको माहोल पनि राम्रो छ। पहिला सत्ता पक्षमा भएर लडेका कारणले पनि पराजित भए होला। अहिले हामी प्रतिपक्षमा छौं,’ पौडेलले भने, ‘माहोल बुझ्दा र सर्वेक्षणहरू हेर्दा राम्रै होला जस्तो छ। चुनाव हो यसै भन्न सकिँदैन तर आशावादी छु।’ सत्तामा रहेको लेबर पार्टीतर्फ जनताको विश्वास घट्दै गएकाले यसपटक जित्ने अपेक्षा रहेको उनले बताए। आफ्नो अनुभवले पनि र बढ्दो चिनाजानले गर्दा जित्ने सम्भावना बढेको उनको दाबी छ।

    ‘मैले निर्वाचन क्षेत्रमा मेरो व्यक्तित्वबारे जनतालाई थप बुझाउन पाएको छु। त्यसैले पहिलाभन्दा अहिले जनमत सुध्रिएको छ। जति घुलमिल भयो उति मान्छे चिन्नेत हो नि,’ उनले भने, ‘अर्को कुरा नेपाली भन्नसाथ मिहनती र परिश्रमी भन्ने छविसमेत छ। त्यसले पनि मलाई सजिलो हुन्छ।’ चितवन मूल घर भएका पौडेल १८ वर्षअगाडि अस्ट्रेलिया गएका हुन्। होटल व्यवस्थापनको अध्ययन गरेका पौडेल आफ्नै व्यवसायमा सक्रिय छन्। नेपाली जहाँ रहे पनि आफ्नो कला र संस्कृतिलाई अगाडि बढाउने भन्दै उनले भोलिको पुस्तालाई अभिभावकविहीन हुन नदिनलाई समेत आफू राजनीतिमा सक्रिय रहेको बताए।

    ‘ग्लोबलाइजेसनले गर्दा संसार सानो भएको छ। जुन देशमा बसे पनि हाम्रो हेरिटेज नेपाल हो। नेपाली भएका कारण हामीलाई विश्वले हेर्ने नजर सकारात्मक छ,’ उनले भने, ‘अलिकति सकारात्मक र संयम भएर काम गर्यौं र जुन ठाउँमा छौं त्यो ठाउँलाई पनि माया गरेर अगाडि बढ्यौं भने हाम्रै सन्तानलाई सजिलो हुने हो। विरानो भूमिमा बच्चा जन्माएर अलपत्र पारेजस्तो नहोस् भन्ने हो।’  नेपालमा भएकाहरूको लागि भन्दा विदेशमा रहेका बच्चाहरूको लागि घर परिवार आफन्तबारे सिकाउन जरूरी रहेको उनले बताए। सन् २०२५ मा निर्वाचन हुने भए पनि निर्वाचनको दिन तय भइसकेको छैन। यद्यपि अस्ट्रेलियामा मतदान गर्नका लागि एक दिन मात्र भन्ने हुँदैन। तोकिएको समयभित्र प्रत्येक नागरिकले मतदान गर्नैपर्छ।

    अस्ट्रेलियामा प्रत्येक नागरिकले अनिवार्य रूपमा मतदान गर्नैपर्ने प्रावधान छ। उचित कारण देखाउन नसके जरिवाना र कानुनी सजायसमेत हुन्छ। पौडेलले आफ्नो निर्वाचनको लागि तयारी सुरू गरिसकेका छन्। ‘नेपाल र यहाँको चुनावको खासै फरक छैन। पहिला-पहिला नेपालमा अलि भित्ते लेखन हुन्थ्यो के-के हुन्थ्यो तर अहिले संसारका सबैजसो ठाउँमा चुनावको शैली एउटै हुन थालेको छ,’ उनले भने, ‘यहाँ अलि फरक के छ भने चुनावभन्दा एक डेढ हप्ता अगाडि नै मत दिन पाइन्छ। चुनावमा काम परेका व्यक्तिले काममा जान पाउन भनेर अगाडिनै भोट हाल्ने माहोल मिलाइएको हुन्छ।’ चुनाव प्रचारका लागि घरदैलोमा जाने, बस स्टप, रेलवेस्टप र सपिङ मलमा जाने, मान्छे भेट्ने आफ्नो उद्देश्य बताउने गरेको पनि उनले बताए। -सेतोपार्टीबाट

    मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.