प्याव्सन भरतपुरको अध्यक्षमा मिनराज बस्ताकोटी निर्वाचित हुनु भएको छ । गत शनिबार सम्पन्न भएको निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन, भरतपुर महानगरको प्याव्सन भरतपुरका अध्यक्षमा मिनराज बस्ताकोटी निर्वाचित हुनु भएको हो । जसको उपाध्यक्षमा श्रीनिवास पौडेल, सचिवमा वेदराज न्यौपाने, सह सचिवमा ठाकूर प्रसाद रिजाल, कोषाध्यक्षमा यम बहादुर पौडेल र सहकोषाध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।
Advertisement




