• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

कालिकामा ३७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

  •   बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
  • रत्ननगर/३७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै चितवनको कालिका नगरपालिकाले २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । महिला सञ्जाल भवनमा आयोजना गरिएको कार्यक्रममा सबै वडाबाट आएका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कार्यपालिका सदस्य ज्वती सुनारले सम्मान गरेका हुन् । सोही अवसरमा बागमती सरकार अन्र्तगत जन स्वास्थ्य कार्यालय चितवनले प्रत्यक महिला स्वयंसेविकालाई नगद रु पाँच हजार प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । स्वयंसेविकाको कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान गरिएको उनको भनाई छ । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा नगरको उपस्थिति देखाएको भन्दै प्रसंसा गरे । ‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो। नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । तपाईंहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ। तपाईंहरुको यो योगदान अतुलनीय छ’, नगर प्रमुखको भनाइ छ । समाजका समुदाय–समुदायभित्र स्वास्थ्यको पहुँच पर्‍याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको उनले बताए । बिगतका तुलनामा अहिले स्वास्थ्य स्वयंसेविकाहरु आफ्नो कार्यमा तल्लिन भएर खुसि भएको बताए । नगरभित्रका सम्पूर्ण स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क रुपमा स्वास्थ्य विमा नगरले गरिदिने नगर प्रमुख रेग्मीले प्रतिवद्धता जनाए । प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले समुदायको स्वास्थ्य प्रवर्धनको क्षेत्रमा महिला स्वास्थ्य स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै स्थानीय सरकारले पनि महिला स्वास्थ स्वयमसेविकाको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रित गरेको बताए । गाउँ घरमा हुने स्वास्थ्यसंग सम्बन्धित गतिविधिमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई सबैले कदर गर्नुपर्ने जोड दिए । कार्यक्रममा जन स्वास्थ्य कार्यालय चितवनकी नर्शिङ्ग अफिसर अनामिका कंडेल, कालिका नगरपालिकाकी स्वास्थ्य स्वयंमसेविका कविता खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन कालिका नगरपालिकाकी परिवार नियोजन सुपरभाईजर अधिकृत सीता दाहालले गरेकी थिईन् ।

    Advertisement

    बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.