श्री राधाकृष्ण मन्दिर शिवघाटमा कार्तिक ४ गतेबाट ११ गतेसम्म भएको श्रीमद्भागवत महायज्ञको आय व्यय सार्वजनिक भएको छ । महायज्ञका आयोजक एवं मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरि आय व्यय सार्वजनिक गरेको हो । महायज्ञ मुल समारोहका संयोजक नमराज फुुयालको अनुसार महायज्ञमा कुल ४२ लाख ९९ हजार ५ सय चार रुपैया ७७ पैसा उठेको छ । जसमध्ये १३ लाख ९० हजार ३ सय १९ रुपैया खर्च भएको छ । कुल आम्दानीबाट खर्च घटाउँदा २८ लाख ८४ हजार ८ सय ७४ रुपैया २४ पैसा बचत भएको छ । सो रकम प्राईम कमर्सिएल बैंकमा मन्दिरको नाममा मौज्दात रहेको छ ।
संयोजक फुुयालले सम्पुर्ण दाताहरुको नाम सुरक्षित रहेको र पछि शिलालेखमा राखिने जानकारी दिनुभयो । उहाँको अनुसार पुसको २७ गते मन्दिरको शिलन्यास हुनेछ । शिलन्यासमा महायज्ञका प्रमुख वाचक भाागवत शरण महाराज जी स्वयं आउनुहुने फुुयालले जानकारी दिनुभयो । राधाकृष्ण मन्दिर बन्न १ करोड ६८ लाख लाग्ने अनुमान गरिएको छ ।




