• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कृषिमा प्रचुर सम्भावनाहरु रहेको सरोकारवालाहरुको भनाई


  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
  • भरतपुर/नेपाल सरकार, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको आयोजना, आन्तरिक राजश्व कार्यालय चितवनको समन्वय तथा चितवन उद्योग संघ र चितवन च्याम्बर अफ कमर्शको सहकार्यमा कृषि उद्यमी तथा कृषि क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुसँग समग्र कृषि क्षेत्रको विकासका लागि सुझाव संकलन प्रयोजनार्थ छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल सरकार, उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगका सदस्य डा.कल्पना खनालले कार्यक्रमको उद्देश्य सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफल कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले नयाँ योजना कार्यान्वयनमा लैजानु पूर्व पूर्वाधार तयार गरेर सरोकारवालासँग धनिभूत छलफल गर्न जरुरी रहेको बताउनुभयो । दवाडीले जमिन उपयोग नीति अन्तर्गत बाँझ जमिनलाई लामो समयको लागि भाडामा दिने व्यवस्था मिलाउनु पर्ने समेत बताउनुभयो ।
    त्यस्तै नेपाल सरकार अर्थमन्त्रालयका उपसचिव तथा अर्थशास्त्री कृष्ण प्रसाद शर्माले कृषि क्षेत्रमा सुधार ल्याउनको लागि मन्त्रालयको तर्फबाट चालिएका पहलहरुको विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले चितवनमा कृषि क्षेत्रबाट समेत राम्रो कर उठ्ने गरेको र चितवन कृषिमा सम्भावनाको बोकेको जिल्ला भएको बताउनुभयो ।
    त्यसैगरी बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष पोल्ट्री उद्यमी त्रिलोचन कँडेलले पोल्ट्रीको अवैध आयात बन्द गर्नुपर्ने, उत्पादनको वितरण प्रक्रियालाई सहकारी मार्फत गर्नुपर्ने लगायतका विषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो । त्यस्तै कृषि विकास कार्यालय, चितवनका प्रमुख झलकनाथ कँडेलले कृषकको उत्पादनको मूल्य आफै तोक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
    त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बागवानी अधिकृत रविकिरण पौडेलले नेपालको कृषि नीति आयात प्रवद्र्धन गर्ने खालको भएको बताउनुभयो । त्यस्तै फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष तेजेन्द्र सापकोटाले खेर गईरहेको जमिनलाई उपयोग गर्नुपर्ने र प्लाष्टिकका माला आयातमा रोक लगाउनुपर्ने धारणा राख्नुभएको थियो ।
    छलफलमा व्यवसायिक कृषकहरु हरि अधिकारीले नीति उत्पादनमुखी र बजारीकरण गर्ने तर्फ उन्मुख हुनुपर्ने, रमेशचन्द्र पुरीले व्याप्त कालो बजारीलाई रोक्नको लागि सरकार तरबबाट निगरानी गर्नुपर्ने, डा.गिरीराज भन्तनाले अनुदानका आधारमा निर्यात गर्ने र आयात प्रतिस्थापन गर्नेलाई अनुदान दिने व्यवस्था हुनुपर्ने, शम्भु सुवेदीले रासायनिक मल र विषादीलाई न्युनिकरण गर्न प्रोत्साहन गर्नुपर्ने, ससन देवकोटाले नीति बनेपनि कार्यान्वयन कमजोर भएको र पूँजीगत खर्चमा अनुदान जाँदा अनुत्पादन क्षेत्रमा गएको बताउनुभयो ।
    त्यस्तै चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले रैथाने बालीहरुलाई प्रोत्साहन गर्नुपर्ने र कृषिमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । छलफलमा एनपिआई कलेजका प्रमुख ईन्जिनियर बाबुराम ढकालले एकीकृत कृषि अभियानमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले वास्तविक र समर्पित उद्योगीहरुले उत्पादन परिमाणका आधारमा अनुदान पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । त्यस्तै त्रिपुरेश्वर कृषि सहकारीका अध्यक्ष बेद प्रसाद सापकोटाले कृषि र पर्यटनलाई सँगसँगै जोडेर कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । त्यस्तै चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइरालाले कृषि क्षेत्रमा काम गर्ने सहकारीहरुमा कुनै समस्या नरहेको र कृषि सहकारीहरुको क्षेत्रमा राम्रा कामहरु भईरहेको समेत बताउनुभयो ।
    त्यस्तै वालकुमारी कलेजका सहायक क्याम्पस प्रमुख अनन्त ढुङ्गानाले कृषिलाई जनतासँग जोड्ने अनुसन्धानलाई विकाससँग जोड्ने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । त्यस्तै सप्तगण्डकी बहमुखी क्याम्पसका प्राध्यापक विनोद खण्ड तिमिल्सनाले कृषिमा ट्रेड डिफिसिट कसरी कम गर्ने लगायतका विषयमा धारणा राख्नुभएको थियो । छलफलमा उद्योग वाणिज्य संघका चितवनका कार्यसमिति सदस्य कृष्ण लामिछानेले कृषि उत्पादनको समर्थन मूल्य तोकिनु पर्ने बताउनुभयो ।
    छलफलमा चितवन उद्योग संघ, चितवन च्याम्बर अफ कर्मशका पदाधिकारी एवम् सदस्यहरु, विभिन्न क्याम्पसका प्राध्यापकज्यूहरु, नागरिक समाजका प्रभुत्व व्यक्तिहरु, कृषि क्षेत्रमा लाग्नु भएका व्यवसायिक किसानहरु, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेज्यूले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.