• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

आईटी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै नवराज कुँवरलाई अन्तर्राष्ट्रिय स्तरको असोसियो अवार्ड प्रदान


  •   शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं/नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा झन्डै तीन दशकदेखि समर्पित नवराज कुँवरले प्रतिष्ठित असोसियो अवार्ड प्राप्त गरेका छन् । एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६-८ मा आयोजना गरिएको डिजिटल समिटमा कुँवरलाई यो अवार्ड प्रदान गरिएको हो ।
    असोसियोले सूचना प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्तिलाई यो सम्मान दिने गर्छ । नेपालमा डिजिटल परिवर्तनलाई ग्रामीण क्षेत्रसम्म पुर्याउन अथक प्रयास, दूरदृष्टि र नेतृत्व गरेको भन्दै कुँवरले प्रतिष्ठित अवार्ड प्राप्त गरेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
    कुँवर सूचना प्रविधि क्षेत्रमा यात्रा सन् १९९५ देखि सक्रिय छन् । उनले काठमाडौंको सीमाभित्र मात्र रहेको सूचना प्रविधिको प्रभावलाई देशैभर विस्तार गर्न लक्ष्यसहित आफ्ना कामहरू सुरु गरे । यसअन्तर्गत कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मार्फत उनले ग्रामीण क्षेत्रहरूमा सूचना प्रविधिको पहुँच पुर्याउन निरन्तर काम गरे ।
    कुँवरले क्यान महासंघलाई ७७ जिल्लाका साथै सातै प्रदेशमा विस्तार गर्न उनले महत्त्वपूर्ण भूमिका खेले । यस पहलले लाखौं नेपालीलाई डिजिटल शिक्षासँग जोड्न सहयोग पुर्‍याएको छ । क्यानको नेतृत्वमा उनले विभिन्न तालिम, कार्यक्रम र कार्यशालाहरू आयोजना गर्दै ग्रामीण क्षेत्रका युवाहरूलाई डिजिटल सक्षमता प्रदान गर्ने काममा लागे ।
    कुँवरले राष्ट्रिय सीमाभन्दा बाहिर पनि उल्लेखनीय योगदान दिएका छन् । असोसियोका उपाध्यक्षको हैसियतमा उनले कोभिड-१९ महामारीको समयमा भर्चुअल कार्यक्रमहरू सञ्चालन गरेर आईटी क्षेत्रलाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेले । यो पहलले महामारीको समयमा पनि आईटी क्षेत्रमा निरन्तरता कायम राख्न मद्दत पुर्‍यायो र उनका नेतृत्व क्षमतालाई उजागर गर्‍यो ।
    कुँवरले नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्न विभिन्न योजनामा काम गरिरहेका छन् । उनले नेपालमा असोसियोको पहिलो पूर्ण बैठक आयोजना गर्ने पहल गरेका छन् । निजी क्षेत्र र स्थानीय निकायहरूसँग सहकार्य गर्दै उनले ग्रामीण क्षेत्रमा विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेका छन् । यसले नेपालका ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँचलाई सहज र दिगो बनाएको छ ।
    असोसियो अवार्ड प्राप्त गरेपछि कुँवरले प्रतिक्रिया दिँदै भने, “यो अवार्ड मेरो लागि मात्रै नभइ नेपालका सबै आईटी पेशेवर र समुदायका लागि एक ठूलो सम्मान हो । मैले जीवनभर सूचना प्रविधिको क्षेत्रमा काम गरेको छु । यो पुरस्कार मेरो कामको मूल्याङ्कन हो । मैले सँधै गाउँ र सहरबीचको डिजिटल खाडल घटाउन र सूचना प्रविधिको पहुँचलाई सबै नेपालीसम्म पुर्याउने काम गरेको छु । आगामी दिनमा थप योजनाबद्ध भएर काम गर्नेछु ।”

    Advertisement

    शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.