भरतपुर/सरर मलेवा चरी भुरुरु उडेर बीउ खायो,अरुलाइ के हुन्छ कुन्नि मेरो त मायाले जिउ खायो …….। लोकगायक ढाकाराम पौडेलले भरतपुर २८ गोलाघाटमा आयोजना गरिएको एकादशी मेला एवं विविध सांस्कृतिक कार्यक्रममा यहि गित मार्फत दर्शकहरुलाइ मज्जाले नचाए । भरतपुरका स्थानीय चटपटे लोक गायकका रुपमा चिनिने पौडेलले मेलामा दर्जनौं गित गाएर हजारौं दर्शकलाइ छमछमी नचाए । मेलामा उनले मात्र रौनक भरेनन । मेलामा अर्कि चटपटे लोक गायोका रेनुका भट्टराई र मुक्ति सापकोटाले पनि दर्शकलाइ उत्तिकै रुपमा बुरुक बुरुक बनाएर नचाए । चितवन गोलाघाट पर्यटन विकास समितिले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एकादशी मेला एवं विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । समितिले हरेक बर्ष उक्त स्थानमा एकादशी मेला एवं विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । मेलाको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले एक भब्य कार्यक्रमका बिच समुद्घाटन गर्नू भएको छ। मेलाको उद्वघाटन गर्नुहुदै उप प्रमुख अधिकारीले धर्म र सस्कृतिको संरक्षणमा लाग्न सबै एकजुट हुन आबश्यक रहेको टिप्पणी गर्नुभएको छ । “यो मेला मात्रै नभएर एकादशी संग जोडिएको संस्कृति पनि हो,यसको संरक्षणमा हामी सबैले हातेमालो गर्न जरुरी छ ।”उप प्रमुखले भन्नुभयो । धर्म, संस्कृति र परम्परालाई पर्यटनसंग जोड्नका लागि मेला निकै महत्त्वपूर्ण रहने उप प्रमुखको बिश्वास रहेको छ । कार्यक्रममा भरतपुर २८ का वडा अध्यक्ष दण्डपाणि रिजाल,कार्यपालिका सदस्य नर्मदा सापकोटा,बागमती प्रदेशका निबर्तमान प्रदेश सासद कृष्ण प्रसाद भुर्तेल,होटल ब्यबसायी सघ चितवनका अध्यक्ष लोकनाथ भट्ट कृष्ण लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सरर मलेवा चरी भुरुरु उडेर बीउ खायो,अरुलाइ के हुन्छ कुन्नि मेरो त मायाले जिउ खायो
सरर मलेवा चरी भुरुरु उडेर बीउ खायो,अरुलाइ के हुन्छ कुन्नि मेरो त मायाले जिउ खायो
तपाईको प्रतिक्रिया




