• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

मोफसलबाट प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो नेपाली आईटी कम्पनी बन्यो ‘डाइनामिक टेक्नोसफ्ट


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • काठमाडौं/सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६-८ मा आयोजना गरिएको डिजिटल समिटमा डाइनामिक टेक्नोसफ्टले ‘असोसियो एडटेक अवार्ड २०२४’ (ASOCIO EdTech Award 2024) प्राप्त गरेको हो ।

    Advertisement

    असोसियो एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पुर्‍याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान दिँदै आएको छ । यस वर्षको डिजिटल समिटमा एसिया-प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका नेतृत्वकर्ता, नवप्रवर्तक र विशेषज्ञहरूको उपस्थितिमा डाइनामिक टेक्नोसफ्टलाई ‘एडटेक अवार्ड २०२४’ प्रदान गरिएको हो ।

    डाइनामिक टेक्नोसफ्टको स्थापनामा वीरगंजमा सन् २०१० मा भएको हो । मोफसलमा स्थापना भई देशका विभिन्न जिल्लामा आफ्नो बलियो बजार विस्तार गर्न सफल डाइनामिक टेक्नोसफ्ट अहिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश गरिसकेको छ ।

    मोफसलमा खुलेका कम्पनीमध्ये प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो कम्पनी डाइनामिक टेक्नोसफ्ट बनेको छ । यस अवार्डले आईटी क्षेत्रमा डाइनामिक टेक्नोसफ्टको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक साहले बताए ।
    “हामीले नेपाली आईटी क्षेत्रको क्षमता र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै लगेका छौँ,” सीईओ साहले भने, “यसै क्रममा पाएको असोसियो अवार्डले हामीलाई अगाडि बढ्न थप प्रेरणा मिलेको छ ।”

    कम्पनीले विशेषगरी विद्यालय र कार्यालय व्यवस्थापनका लागि डाइनामिक एकेडेमिक ईआरपी, डाइनामिक एकाउन्ट ईआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर विकास गरेको छ । कम्पनीबाट उत्पादित सफ्टवेयरहरू ठूला व्यावसायिक घराना, अस्पताल, उद्योग, व्यवसायिक संघ-संस्थाहरू र करिब दुई हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।

    डाइनामिक टेक्नोसफ्टले नेपालमा वीरगञ्ज, काठमाडौं, इटहरी, बुटवल, पोखरा र जनकपुरमा शाखा विस्तार गरिसकेको छ भने भारतमा समेत तीव्र रूपमा आफ्नो बजार बढाइरहेको छ । विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले विकसित गरिएको डाइनामिक एकेडेमिक ईआरपी र यसको मोबाइल एप एक हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।

    सीईओ साहका अनुसार कम्पनीले नेपाल र भारतमा मात्र सीमित नराखी आगामी समयमा भुटान, बंगलादेशजस्ता एसियाली मुलुकमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले व्यवसाय बढाई नेपालमा थप रोजगारी सिर्जना गर्ने र देशको प्रविधि क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

    साहले भने, “नेपालमा सरकारी निकायले नेपाली कम्पनीहरूप्रति विश्वास नगर्ने प्रवृत्तिले उद्योगहरूको मनोबल घटाएको छ । हामी विश्वस्त छौँ कि नेपाली आईटी कम्पनीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम छन्, तर सरकारी समर्थन अभावले हामीलाई चुनौतिपूर्ण परिस्थितिमा राखेको छ ।”

    डाइनामिक टेक्नोसफ्टले दुगड ग्रुप, सिप्रदी, हुलास स्टिल, गोदावरी ग्रुप जस्ता ठूला उद्योगहरूको लागि सफ्टवेयर सेवा प्रदान गर्दै आएको छ । हाल यस कम्पनी वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्ने र २०० भन्दा बढीलाई रोजगारी दिने स्थितिमा पुगेको छ । यसअघि डाइनामिक टेक्नोसफ्टले नेसनल आईसीटी अवार्ड २०२४ समेत प्राप्त गरेको थियो । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गरेको भन्दै डाइनामिक टेक्नोसफ्टलाई सातवटै प्रदेशतर्फको नेसनल आईसीटी अवार्ड दिइएको थियो ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.