बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको उद्योगका प्रबन्ध निर्देशक राजन पियाले जानकारी दिए । २०७५ देखि उद्योग निमार्णको काम सुरु भएको भए पनि झण्डै दुई वर्षपछि निमार्ण सम्पन्न भै उत्पादन शुरु गर्ने प्रक्रियामा रहेको उनले बताए ।

Advertisement

उद्योगले पहिलो चरणमा स्क्राप (प्याकेजिङ कार्टुन) पेपरलाई प्राथमिकता दिने छ भने सेतो कागज र पत्रपत्रिकाहरु छाप्न प्रयोग गरीने कागज समेत उत्पादन गर्ने तयरारीमा उद्योग छ । पियाले भने – “नेपालमा खेर जाने कागजजन्य फोहोरलाई प्रशोधन गरी पेपर उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालन आएको छ । उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपश्चात पत्रपत्रिका छपाईका लागि आवश्यक पर्ने सबै प्रकारका कागजहरु समेत हामीले नै उत्पादन गछौ । ”
नेपाललाई प्याकेजिङका लागि आत्मनिर्भर बनाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको बताउदै क्वालिटी पेपर इण्डष्ट्रिज प्रा.लि. अध्यक्ष सुकेशकुमार गुप्ताले भने – “मुलुकलाई आवश्यक पर्ने काटुर्नको र सेतो कागजको आधा हिस्सा हाम्रो इण्डष्ट्रिजलेनै उत्पादन गर्छ । कागज उत्पादनका लागि हामीले पूर्ण रुपमा स्वेदशी कच्चा पदार्थको प्रयोगमा जोड दिएका छौँ । कागजमा नेपालकै कच्चा पदार्थको उच्चतम प्रयोग हुनेछ । ”

गुप्ताका अनुसार कागजमा आत्मनिर्भर बन्ने उद्देश्यलले उद्योग सञ्चालनमा ल्याईएको हो । यूरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन गरिने भएकाले यो उद्योगले वातावरण प्रदूषण नगर्ने दबी गरे । करिब ११ बिघा क्षेत्रफलमा फैलिएको उद्योगले दैनिक १ सय १५ टन कागजजन्य फोहोर प्रशोधन गरी दैनिक १२० टन कागज उत्पादन गर्नेछ । उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि १५० जनालाई प्रत्यक्ष रोजगार मिल्ने गुप्ताले बताए । अहिले सम्म नेपालबाट कागजजन्य फोहोरहरु सस्तो मूल्यमा भारत तथा चीनमा निर्यात हुँदै आइरहेको थियो । कुनै बेला मुलुकलाई कागजमा आत्मनिर्भर बनाएको यसै क्षेत्रको गैँडाकोटको भृकुटी कागज कारखाना विगत केही वर्षदेखि बन्द अवस्थामा रहेको छ ।