• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कीर्तिपुर उपनिर्वाचनमा सुर्य बहादुर बुढाथोकी एमालेबाट उम्मेदवार करीब निश्चित


  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
  • काठमाडौं/कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकाको मेयर पदको लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। मंसिर १६  कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनको चहलपहल सुरु भइसकेको छ। राजनीतिक दलहरू उपनिर्वाचनको तयारीमा जुटेका छन् । राजनीतिक दलहरूले उम्मेदवार चयनको आन्तरिक गृहकार्य गरिरहेका छन्। नेकपा एमालेको तर्फबाट सुर्य बहादुर बुढाथोकी उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला अर्को ठूलो दल नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का इन्चार्ज सुरेन्द्र मानन्धर यसपटक उम्मेदवार बन्न इच्छुक छैनन्। उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन्। उनी गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र कुमार (राजन) के.सी. सँग पराजित भएका थिए । २०७९ सालमा भएको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए। कुल ९०४३ मत ल्याएर नकर्मी विजयी भएका थिए भने उनका निकटम प्रतिस्पर्धी एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाएका थिए। उपप्रमुखमा कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भएकी थिइन्। उनले ८६६५ मत ल्याउँदा उनकी निकटम प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले ७२०६ मत ल्याएकी थिइन्। २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का संयोजक केस रत्न  बज्राचार्य र नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी उपसचिव बिन्दु महर्जन पराजित भएका थिए। आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सुर्य बहादुर बुढाथोकी विशेष अभियान सहित उपनिर्वाचनको तयारीमा देखिन्छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेशका अध्यक्ष साथै नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य सुर्य बहादुर बुढाथोकीले नेकपा एमालेले विश्वास गरेर टिकट दिए उम्मेदवार हुन तयार रहेको बताएका छन्। ‘मैले उम्मेवार हुन्छु भन्ने कुरा हैन, पार्टीले मलाई टिकट दिए पनि ठिकै छ, नदिए पनि पार्टीले बनाउने उम्मेदवारलाई जिताउन हिँड्ने कुरा नै हुन्छ’, बुढाथोकीले भने, ‘मेरो ब्यक्तिगत इच्छाभन्दा पनि पार्टीको निर्णयले काम गर्छ।’ आफ्नो विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा होमिएका बुढाथोकी हाल नेकपा एमालेका सक्रिय सदस्य हुन्। भुकम्पले ढालेको बेला होस् या बाढी पहिरोले मन भत्काएको बेला, कोरोनाको कहरको बेलामा होस् या अन्य विपदको समयमा उनी तीनै घाउहरुमा मलम लगाउन घरघर पुग्ने गर्छन्। नेकपा एमाले निकट नेपाल खेलकुद महासंघमा रहेर हाल उनले खेलकुदका माध्यमबाट विकास, समर्पण र अनुशासनको सिद्धान्त सहित काम गर्दै आएका छन्। आफ्नो टोलनगरमा उल्लेखनीय कार्य गर्दै आएका बुढाथोकी आफू र आफ्नो पार्टी नेकपा एमालेको जीत सुनिश्चित रहेको दाबी गर्छन्।

    Advertisement

    सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.