• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

करदाता शिक्षा एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवनको उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् चनौली बजार व्यवस्थापन समितिको सह आयोजनामा आज पश्चिम चितवनका व्यवसायीहरूलाई लक्षित गरी करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पश्चिम चितवनको चनौली बजार स्थित चनौली पाटी प्यालेसमा भएको हो । पश्चिम चितवनका उद्योगी व्यवसायीहरुलाई आय कर तथा मूल्य अभिवृद्धि कर लगायत करका नीति नियमका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

    Advertisement


    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले करको न्युनतम जानकारी व्यवसायीहरुमा नहुँदा करसम्बद्ध झन्झटहरु जस्तै मिसम्याचमा पर्ने, ननफाईलर रहने, कर चुक्ता लिने, आय विवरण बुझाउने जस्ता विषयमा समस्याहरु भोगेको हुनाले ति समस्याहरु निराकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले  व्यवसायीहरूलाई अन्य कुनै तालिम आवश्यक परे तालिम दिन उद्योग वाणिज्य संघ–चितवन सधै तयार रहेको बताउनुभयो ।
    कार्यक्रमका आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत एवम कार्यक्रमका प्रमुख अतिथि पुण्य विक्रम खड्काले करदाता भनेको राज्यको रक्तसञ्चार भएको बताउँदै देश विकासका लागि सरकार मात्र केही होइन हाम्रो पनि भूमिका ठुलो हुन्छ भन्ने सोचेर कर कर तिर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुले आय व्यय वुझाउने क्रममा लेखा राख्दाका त्रुटि लगाएतका कारणले करको भार बढी भएको बताउँदै एक महिना भित्र आय व्ययमा भएको त्रुटि सच्याउन मिल्ने बताउनु भएको थियो । उहाँले करमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउँदै कार्यक्रमको  सफलताको शुभकामना व्यक्त गर्दै संघ सँग सहकार्य गरि अगाडि बढ्ने बताउनु भयो ।
    कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले व्यवसाय गर्दा व्यवसायीहरूले करका बारेमा जानेको छैन भनेर छुट नहुने भएकाले सवैले जान्नुपर्ने भएकाले ध्यान दिएर नजानेका कुरा निर्धक्क सँग प्रशिक्षक सँग सोध्न व्यवसायीलाई अनुरोध गर्नुभयो ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका अध्यक्ष ओम लामिछानेले करका नीति नियमका बारेमा जानकारी बिना व्यवसायिक सफलता प्राप्त गर्न नसकिने भएकाले नीति नियमका बारेमा सिक्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
    करदाता शिक्षा एवम् प्रक्षिण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका राजश्व सल्लाहकार सिए विमान कार्की, सिए सुजिता अधिकारी र आन्तरिक राजश्व कार्यालयको कर अधिकृत विमल पौडेलले कार्यक्रमको मध्यस्तकर्ता रहनु भएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, तालिक संयोजक सुनिता लिगल कर्माचार्य, कार्यकारी निर्देशक निल के.सी, निर्माण सामाग्र हार्डवयेर व्यवसायी संघका अध्यक्ष नरहरी घिमिरे, वरिष्ठ उपाध्यक्ष अर्जुन लामिछाने लगायत चनौली बजार व्यवस्थापन समितिका पदाधिकारी, कार्यसमिति, पश्चिम चितवनका विभिन्न बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रतिनिधि, उद्योग वाणिज्य संघ चितवनका कर्मचारी सहित पश्चिम चितवनका उद्योगी व्यवसायी गरी १०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमानकुमार श्रेष्ठको अध्यक्षता एवम् चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । उद्योग वाणिज्य संघ चितवनले यस बर्ष चितवन जिल्लका विभिन्न स्थानहरुमा निरन्तर रुपमा कर सचेतना तथा कर शिक्षा लगायतका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.