भरतपुर/लायन्स क्लव अफ नारायणगढ लालीगुराँसको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. ५ गुम्मा टोलमा रहेको सानो घरमा संरक्षित बालबालिकाहरुलाई सरसफाई सामाग्री हस्तान्तरण गरियो । लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष लायन अम्बिका श्रेष्ठको अध्यक्षतामा सम्पन्नमा कार्यक्रममा ०२४–०२५ का गभर्नर पिएमजेएफ लायन दिनानाथ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि लायन दिनानाथ न्यौपानेले सानो घरकी सञ्चालिका विमला श्रेष्ठलाई सरसफाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा फष्ट भिडिजि एमजेएफ लायन नवराज सापकोटा, सेकेण्ड भिडिजि एमजेएफ लायन प्रभाकर पण्डित, पूर्व डिष्ट्रिक गर्भनर पिएमजेएफ लायन सिद्धार्थलाल चुके, डिष्ट्रिक टेजर एमजेएफ लायन शंकर नेपाल, डिष्ट्रिक चिफ लायन विनिता नेपाल, रिजन चियर पर्सन लायन सिता पौडेल, लायन रेनु बस्नेत, लायन गीता ढकाल, लायन हिरा श्रेष्ठ, लायन मोना श्रेष्ठ, लायन राधा शर्मा लगायतको सहभागिता रहेको थियो । हस्तान्तरण गरिएको सामाग्रीलाई लायन शारदा के.सी.ले सौजन्य गर्नुभएको थियो ।

लायन्स क्लव अफ नारायणगढ लालीगुराँसद्वारा सानो घरमा संरक्षित बालबालिकाहरुलाई सरसफाई सामाग्री हस्तान्तरण
लायन्स क्लव अफ नारायणगढ लालीगुराँसद्वारा सानो घरमा संरक्षित बालबालिकाहरुलाई सरसफाई सामाग्री हस्तान्तरण
Advertisement
तपाईको प्रतिक्रिया




