• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरु सहभागी हुने निश्चित

  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरु सहभागी हुने निश्चित भएको छ । अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (Fédération Internationale de l’Automobile, FIA) को आयोजनमा ओलम्पीक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा तीन नेपाली ड्राइभरले सहभागीता जनाउने छन् ।

    Advertisement

    विभिन्न दर्जनौ विधामा हुने सो गेम्समा नेपाली टिमले दुइ विधामा भाग लिनेछ । ई–स्पोर्टस जिटि (Esports GT) विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेलले अटो स्लालम (Auto Slalom) का प्रतिस्पर्धि हुन । जहाँ उनीहरुले चुनौतीपूर्ण कोर्स र प्रतिस्पर्धामा आफ्नो क्षमता, स्किलस र स्पिडको प्रदर्शन गर्नेछन ।

    सुरुवातमा कार्टस् ड्राइभर रहेका दिप्रश शाक्य नेपाली सिम–रेसिङ्गका उत्कृष्टमध्येका ड्राइभर हुन भने कृष्ण प्रसाद पौडेल एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिपका प्रतिस्पर्धि र एथलेट कमिसनका संयोजक समेत हुन । त्यसैगरी बैंक अफिसर रहेकी प्रज्ञा नेशनल अटोक्रसकी सफल प्रतिस्पर्धि तथा मोटरस्पोर्टस् लाइसेन्स होल्डर ड्राइभर हुन् ।

    प्रत्येक दुइ–दुइ वर्षमा हुने सो प्रतिष्ठित अन्तराष्ट्रिय प्लेटफर्ममा विश्वका पचासौँ देशका खेलाडीहरुसंग प्रतिस्पर्धा हुने हुदा आफ्नो कौशलता प्रर्दशन गर्नेे ठूलो अवसरको रुपमा विश्वकै खेलाडीले लिएका हुन्छन्, जहाँ मोटरस्पोर्टसका विश्वप्रसिद्ध ड्राइभरहरुसंग नेपाली ड्राइभरहरु भिड्ने रोमाञ्चकता र इतिहास छुट्टै हुनेछ ।

    नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट र टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा यस अघिको संस्करणमा फ्रान्सको ट्रयाकबाटै रिर्पोटिङ्ग गरेका टीकाराम यात्री मिडिया डेलिगेटको रुपमा उपस्थित हुनेछन् । देशमा भर्खरै लोकप्रिय बन्दै गरेको मोटरस्पोटर्सको प्रर्वद्घन र प्रमोसनमा तथा विश्वस्तरिय ड्राइभरहरु तयार गर्न यस किसिमको अन्तराष्ट्रिय सहभागिता र टिमले थप मदत पुग्नेछ ।

    अगिल्लो संस्करण २०२२का समेत टिम व्यवस्थापक रहेका यदुराज लामिछानेले FIA Motorsport Games 2024मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा नेपाली मोटरस्पोर्टस्ले गर्व महसुश गरेको र गेम्सको उत्कृष्ट प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्दा गर्न खेलाडीहरु उत्सुक भएको बताएका छन् । सो गेम्सको लागी नेपाली टिम समर्पित रहेका र उनीहरुको क्षमतामा रामो प्रदर्शन गर्ने विश्वास गर्दै संघका अध्यक्ष दशरथ रिसाल भन्छन् “यो केवल प्रतिस्पर्धा मात्र होईन, नेपालको बढ्दो मोटरस्पोर्टस् संस्कृतिलाई प्रदर्शन गर्ने अवसर पनि हो । ”

    स्मरण रहोस्, केही वर्ष अघिदेखि मात्रै सुरु यस विश्व प्रतिस्पार्धासंगै एशिया संस्करण एसिया प्यासेफिक मोटरस्र्पोट च्याम्पियनशिप, एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिप, ओलम्पीक इस्पोर्टस सिरिज समेतमा नेपाली टिमले नियाित सहभागीता भइरहेको छ ।

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.