• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि


  •   बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
  • सुदूरपश्चिम/घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आउनुभएका उहाँ दुई वर्षदेखि पावरटिलरले खनजोत गर्न पाउँदा खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो, “ट्र्याक्टर, पावरटिलर जस्ता कृषियन्त्रको प्रयोगले खनजोतको काम छिटोछरितो भई काम गर्न निकै सहज भएको छ, घरमा खेतीको कामका लागि गोरु र राँगा पाल्नुपर्ने झन्झट पनि अब हटेको छ ।”

    Advertisement

    कृषियन्त्रले खनजोत गर्दा बालीहरुको उत्पादन र उत्पादकत्व पनि सन्तोषजनक रहेको उहाँले बताउनुभयो । आफ्नो खनजोत गर्ने काम सकेर छरछिमेकीको खेत जोत्ने काम पाउँदा ट्र्याक्टर र पावरटिलरवालाले आम्दानी पनि गरिरहेको कैलाली गोदावरी नगरपालिकाका सुभाष चौधरी बताउनुहुन्छ ।

    “आफ्नो घरमा रहेको गोबर ग्यासमा प्रयोग गरिने गोबरका लागि मात्रै गोरु र राँगा पाल्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “खेतमा खनजोत गर्नेलगायत सबै काम अब ट्र्याक्टर र पावरटिलरबाट गर्ने गरिएको छ ।”

    कतिपय किसानले खेतीको काम सकेपछि मालसामान ढुवानीको काममा पनि यी कृषियन्त्रको प्रयोग गर्ने गरेका छन् । धनगढी उपमहानगरपालिका–१३ का ७४ वर्षीय अर्का किसान ललितसिंह राना खेती गर्दा आफूले बाल्यकालमा कठिन परिश्रम गर्नुपरेको बताउँदै उहाँले भन्नुभयो, “उतिबेला गोरुको सहायतामा कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, सबै चीजको सुविधा पुग्दा अहिलेका किसान भाग्यमानी छन् ।”

    प्रदेश सरकार र स्थानीय पालिका सरकारले ५० प्रतिशत अनुदानमा किसानलाई पावरटिलरलगायत कृषियन्त्र उपलब्ध गराउँदै आएको छ । कृषियन्त्रको प्रयोग र उन्नत बीउको प्रयोग गर्नेहरु बढेसँगै कृषि उपजको उत्पादन पनि पहिलेको तुलानामा बढेको मात्र नभई कृषियन्त्र प्रयोग गर्दा समयको बचत भई परिश्रम कम लाग्ने गरेको किसानहरुको अनुभव छ ।

    उहाँले थप्नुभयो, “घरमै राखिएको स्थानीय जातको बीउको प्रयोगले प्रतिबिघा जग्गामा मुस्किलले आठ÷दश क्विन्टल धान फल्थ्यो, राम्रोसँग खनजोत हुने र उन्नत बीउको प्रयोगले २० क्विन्टलसम्म फलेको देखिएको छ ।”

    कृषि निर्देशनालयको तथ्याङ्कमा पनि कृषि उपज धान र गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको जनाइएको छ । बालीहरुको उत्पादन र उत्पादकत्व वृद्धि भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशवाट आयात भइरहेको तथ्याङ्क छ ।

    समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा पटकपटक देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने कृषिक्षेत्र प्रभावित भइरहेको किसानको अनुभव छ । कृषक सुभाषले भन्नुभयो, “गाउँभरिका पाँच÷ छ घरबाहेक सबैका घरमा पावरटिलर छ, पावरटिलर नभएको घरमा ट्र्याक्टर, धान तथा गहुँ झार्ने ९थ्रेसिङ० गर्ने मेसिन छ, सबैले यी कृषियन्त्र नै प्रयोग गर्छन्, हलो जोतेर खेती गर्ने समय अब हराउँदैछ ।”

    बर्सेनि मौसममा आउने परिवर्तनका कारण भने आफ्नो बाली जोगाउन हैरानी खेप्नुपरेको किसनको भनाइ छ । ललितले भन्नुभयो, “मौसमको समस्या भने अहिलेको जस्तो उहिले थिएन, उतिबेलाको समयमा हिँउदेयाममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरीको समस्या थिएन ।”

    खेती गर्दा चाहिएको बेला रासायनिक मल नपाउने किसानको अर्र्को समस्या पनि छ ।  मुख्य खाद्यान्न बालीका रुपमा किसानले धान र गहुँ बालीको खेती गर्दै आएका छन् । कृषि उपजको उत्पादन गरेर हुने आम्दानीबाट किसानले जीविका चलाउने गरेका छन् । आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज कृषकले घरमै भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् ।

    सुदूरपश्चिम प्रदेश सरकारले ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश सरकारको अभियान’ भन्ने नारासहित चालु वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई मुख्य प्रथमिकता दिएको छ । कृषिको उत्पादन लागत घटाई आम कृषकको आम्दानी वृद्धि गर्नमा टेवा पुर्याउन कृषकलाई कृषि ऋणको व्याज र विद्युत् महसुलमा सहुलियतको व्यवस्था पनि गरेको छ ।

    बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.