चितवन/बिगत लामो समयदेखी चितवनकै उत्कृष्ट सस्था सरिता इभेन्ट्सले विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ। मिस्टर एण्ड मिस स्टार चितवन २०१९ , ब्यटिसियन ट्यालेन्ट चितवन २०२१ , ग्लामरस तिज फेसन रन वे तथा खुल्ला डान्स कम्पिटेसन २०२३ , महाशिब रात्री साँस्कृतिक साझ धर्मचोक २०७८ डान्स प्लानेट म्युजिकल नाइट – २०२३, महाशिव रात्री सास्कृतिक साझ २०७९ , महाशिव रात्री सास्कृतिक साझ २०८० बिक्रम बाबा सास्कृतिक साझ जगतपुर घैलाघारी ,-२०७९ लगायत थुप्रै कार्यक्रम गरिसकेको सरिता इभेन्ट्स ले यसपाली भिन्न खालको कार्यक्रम भरतपुर भ्रमण बर्ष २०२४ अर्थात् नेपालीहरुको महान चाड बडा दशै शुभ दिपावाली तथा छठ पर्वको अवसर पारी आउँदो कार्तिक ०३ गते शनिबार भरतपुरको यज्ञपुरिमा रहेको ग्यालेक्सी गार्डेन रिसोर्ट लंकुमा `बिशिस्ट ब्यक्तित्व सम्मान´ तथा `बेस्ट अफ समर फेसन रन वे´ सिजन टु हुने भएको छ ।

सरिता आचार्यद्वारा स्थापित सरिता इभेन्ट्स नामको संस्थाको आयोजनामा भरतपुर स्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा दिउँसो १ बजेदेखि सञ्चालन हुने भएको हो । कार्यक्रम अहिलेसम्म चितवन मै पहिलो पटक हुन लागेको कार्यक्रम संयोजक सरिता आचार्यले जानकारी दिनुभयो । सम्मान कार्यक्रम तथा बेस्ट अफ समर फेसन रन वे सिजन – २ साथै साँस्कृतिक (नाचगान) कार्यक्रमको भि.आई.पी. टिकट शुल्क एक हजार रुपैंया र नर्मल टिकट शुल्क पाँच सय रुपैंया रहेको छ । राष्ट्रिय नारी सम्मान २०२१, उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट तथा समाजसेबी सम्मान लगायत थुप्रै बिधामा सम्मानित हुनेभएकि सरिता इभेन्ट्स कि संयोजक सारिता आचार्यले यसपालि भिन्न खालको विभिन्न बिधामा सम्मान कार्यक्रम गर्न लाग्नुभएको बताउनु भयो ।




