हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि भरतपुर ११ चितवनको विधिवतरूपमा नेतृत्व हस्तान्तरण गरियो । संस्थाको २९ औं वार्षिक साधारणसभाबाट अध्यक्ष अनिलराज पौडेलको नेतृत्वमा उपाध्यक्ष नारायणप्रसाद उपाध्याय, सचिब नवराज मरहट्टा, कोषाध्यक्ष लक्ष्मण पौडेल सहित १५ सदस्यीय संचालक समिति र भूपेन्द्र ढकालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको हो । एक समारोहका बीच निर्वाचन समितिका संयोजक बरिस्ठ अधिवक्ता जगन्नाथ भण्डारीले नव निर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण गराउनु भएको थियो ।
Advertisement





