भरतपुर/नेपाल दुलर्भ रक्त समुदाय चितवनको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४५ एवम् छठ २०८१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो ।
नेपाल दुलर्भ रक्त समुदाय चितवनका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुदायका आवद्ध पदाधिकारी एवम् सदस्यहरु, विभिन्न उपसमितिका सल्लाहकारहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो । अध्यक्ष ज्ञवालीले विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४५ एवम् छठ २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै दुलर्भ रक्त समूहले गरेका समाजका गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले दुलर्भ रक्त समूह हुने व्यक्तिहरुले आफू र आफ्नो नजिकका दुलर्भ रक्त समूह भएकाहरुको पहिचान गरी समुदायमा आवद्धता गराउन पहल गर्न सम्पूर्णमा आग्रह समेत गर्नुभयो ।
Advertisement






