भरतपुर/चितवनको पहिलो रेडियो सिनर्जी एफएमद्धारा आयोजित मिडिया कप फुटसलको उपाधि एटुजेट समाचारले जित हासिल गरेको छ। एफएमले नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको फाइनलमा इच्छाकामना रेडियोलाई पराजित गर्दै एटुजेट समाचार विजेता बन्यो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाइब्रेकरमा एटुजेट समाचारले जित हात पारेको हो । प्रतियोगिताको विजेता एटुजेड समाचारले ट्रफीसहित ३० किलोको खसी तथा उपविजेताले २६ किलोको खसी प्राप्त गरेको छ ।
विजेतालाई सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहनलाल प्रधान, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञावाली, सचिव दिपेन्द्र अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । चाडपर्वको समयमा मिडिया हाउसहरुबीच शुकामना आदान प्रदान तथा आत्मियता साटासाटका लागि प्रतियोगिता आयोजना गरिएको एफएमले जनाएको छ । प्रतियोगितामा चितवन र नवलपुरका बिभिन्न ९ वटा मिडिया हाउसहरु सहभागी थिए ।




