भरतपुर/चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको सदस्य उद्योग भोलेबाबा कृषि औजार उद्योगका प्रोपराइटर विष्णु प्रसाद उपाध्यायका कर्मचारी रविन्द्र महत्तोको काम गर्ने क्रममा दुर्घटना हुन गई उहाँको औला काटिन गएको र उहाँको एभेरेष्ट हस्पिटलमा भरतपुरमा उपचार भईरहेको र उहाँको उपचारको लागि समितिमा निवेदन दिनुभएको साथै प्राप्त निवेदन माथि समिति र सम्बन्धित उद्योगीबीच छलफल गरियो । छलफलको निर्णय बमोजिम चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको तर्फबाट दुर्घटना विमाबाट उहाँलाई रु ९३५८८।( अक्षेरुपी त्रियानब्बे हजार पाच सय अठासी रुपैया मात्र) हस्तान्तरण गरियो । सहयोग हस्तान्तरण कार्यक्रममा समितिका अध्यक्ष ताराबाहादुर कार्की, उपाध्यक्षहरु मेहोनलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ,रुकेश सापकोटा, वीरेन्द्र बहादुर दवाडी, कार्यसमिति सदस्य बलराम पुरी, राजन पौडेल समितिकी कर्मचारी शोभा थापा लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा धेरै कर्मचारीलाई विमा गराउने साथै निरन्तर विमा गराउने, सदस्य उद्योगहरु, व्यस्त मेटल उद्योग भरतपुर १६, भोले बाबा कृषि औजार उद्योग रत्ननगर, लक्ष्मी इन्जिनियरिङ कार्यशाला लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।
Advertisement




