चितवन/चितवनको जगतपुरमा रहेको लक्ष्मी माध्यमिक विद्यालय भरतपुर–२३ ले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा आईतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा विद्यालयका सञ्चालक,शिक्षक,कर्मचारी र अभिभावकहरु गरी १२३ जनाले रक्तदान गरेका थिए ।
मेडिकल सिटीको रुपमा रहेको चितवनमा पछिल्लो समय रगतको अभाव देखिएको र उक्त अभावलाई पूर्ति गर्नका लागि वार्षिकोत्सवको अवसर पारेर रक्तदान गरिएको विद्यालयका प्रधानाध्यापक इश्वरी सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोम ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Advertisement




