• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

घरजग्गा वर्गीकरण व्यवहारिक र बैज्ञानिक नभए शंशोधन गर्न सकिन्छ ः महानगर


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • चितवन/गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाए पश्चात भरतपुर महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएका छन ।
    जग्गा व्यवसायी तथा लेखापढी कानुन व्यवसायी संघका प्रतिनिधि सहितको टोलीले आज शुक्रबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
    भरतपुर महानगरपालिकाको परिषद र समितिको निर्णय अनुसार भरतपुर महानगरपालिकाका २९ वटा वडा मध्ये वडा नम्बर ६ बाहेक १ देखि १२ वडासम्मको वडाहरुलाई आवासीय क्षेत्र र अन्य बांँकी वडाहरुलाई कृषियोग्य जमीनमा वर्गीकरण गर्ने निर्णय गरेको विरोधमा व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । नारायणी घरजग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी, वरिष्ठ उपाध्यक्ष हेमन्त केसी र लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष विष्णु प्रसाद शर्मा लगायतको टोलीले यो निर्णय व्यवहारिक र बैज्ञानिक नभएको भन्दै तत्काल शंशोधन गर्न दबाब दिए ।
    बुधबार टोलीले भरतपुर वडा नम्बर ६, १३, १४, १५, १६ र वडा नम्बर २२का अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएको थियो । आज शुक्रबार भरतपुर महानगरपालिकामा ज्ञापन पत्र बुझाउंँदै संघका अध्यक्ष बाबुराम अधिकारीले सिमित व्यक्तिलाई फाइदा पुग्ने गरी घरजग्गाको वर्गीकरणको निर्णय तत्काल शशोधन गर्नुपर्नेमा जोड दिए । ‘यो निर्णय आम किसान , र भुइमान्छेको हित विपरीत भएको र उनीहरुलाई सुकुम्बासी बनाउने निर्णय गरेको भन्दै खेद प्रकट गरे । ‘जबसम्म यो निर्णय सच्चिदैन यसको परिणाम भयानक र गम्भिर हुनेछ ।’ अध्यक्ष अधिकारीले भने । यो निर्णय महानगर आफैलाई घातक र प्रत्युत्पादक हुने अधिकारीको भनाई थियो । व्यवसायीको चर्को दबाब र विरोधपछि महानगर केही हदसम्म संयमित भएको छ ।
    सो क्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यो निर्देशन संघीय कानुन अनुसार भएकोले आफूहरु बाध्यतामा परेको प्रतिक्रिया दिए । कुनैपनि कानुन समय सापेक्ष र आवश्यकता अनुसार शंशोधन हुन सक्ने भन्दै व्यवसायीलाई नआत्तिन आग्रह गरे । ’हामीपनि बाध्यतामा थियौं ,ऐन कानुन सधै एउटै र एकै हुंँदैन उनले भने, यसलाई सबैको छलफल पश्चात शंशोधन गर्न सकिन्छ ।’ भरतपुर महानगरपालिकाम जम्मा १५ प्रतिशत मात्र कृषियोग्य जमीन रहेको भन्दै उपप्रमु अधिकारीले यसलाई आवश्यकता अनुसार आवास, उद्योग, व्यवसायका क्षेत्रमा वर्गीकरण गर्न सकिने उनको भनाई थियो ।
    प्रमुख दाहालले व्यवसायीहरुको जायज माग सम्बोधन गरिने बताउंँदै आफूहरु महानगरबासीको हित विपरित जान नसक्ने बताईन । उनले यो निर्णय कार्यपालिकाको बैठकमा केही वडाअध्यक्षहरुले निर्णय गरेको भन्दै यसबारे आफूलाई समेत जानकारी नभएको बताईन । ‘कार्यपालिकामा भएको यो निर्णय मलाई जानकारी छैन, उनले भनिन, निर्णय जायज नभए हामीले यसलाई थप अध्ययन गरी पुन छलफल गर्नेछौं ।’ हाललाई यो निर्णय कार्यान्वयन नगरिने र पुरानै नियम अनुसार कार्यान्वयन हुने दाहालले बताइन् । उनले यसबारे थप विज्ञ टोली, घरजग्गा व्यवसायी, कानुन व्यवसायी एवं सरोकार वालासंँग घनिभुत छलफल गरेर मात्र अघि बढ्ने बताईन् ।
    महानगरपालिकामा गत १२ गते समिति र परिषदको बैठकले आवासीय जग्गालाई कृषिजग्गामा रुपान्तरण गर्ने निर्णय गरेपछि र साविक ६ मिटरको बाटोलाई ८ मिटर बनाउने निर्णय गरेपछि भरतपुरमा जग्गाको कारोबार समेत ठप्प बनेको छ भने आम नागरिकमा समेत अन्यौलता छाएको छ ।

    Advertisement

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.