रोटरी क्लब अफ गैडाकोटको आयोजनामा भरतपुर कारागारका कैदीरबन्दीहरुका लागि पुस्तक हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कानुन साहित्य र सकरात्मक सोच अभिबृद्धि गर्ने किसिमका करिब १५० भन्दा बढी पुस्तक हस्तान्त्रण गरिएको थियो । सो कार्यक्रमका लागि बिभिन्न ब्यक्तिहरुले पुस्तक सहयोग गर्नुभएको थियो । बिभिन्न परिबन्दले कारागारमा रहनु परे पनि सकरात्मक सोचका साथ आफूलाइ सुधार गरी समाजमा सहज पुनर्सथापनाकालागि सहयोग पुगोस भनि उक्त कार्यक्रम राखिएको हो ।
कारागार कार्यालय परिसरमा शुक्रबार बिहान सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष रोटरियन अधिबक्ता रमेश काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुअ अतिथीको रुपमा रोटरी इन्टरनेशनल ३२९२ का एसिस्टेन्ट गर्भनर अशोक कुमार बस्नेत रहनु भएको थियो । कार्यक्रममा जेलर कमलप्रसाद आचार्य रोटरी क्लब अफ गैडाकोटका पुर्व अध्यक्षज्युहरु तथा कारागारका सुरक्षा प्रमुख चौकीदारहरु र बन्दीहरु लगायतको उपस्थिति रहेको थियो ।
भरतपुर कारागारका कैदीरबन्दीहरुका लागि पुस्तक हस्तान्त्रण
भरतपुर कारागारका कैदीरबन्दीहरुका लागि पुस्तक हस्तान्त्रण
Advertisement
तपाईको प्रतिक्रिया




