कार्यक्रम भरतपुर ९ स्थित फोर सिजन पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । उक्त सम्मेलनमा प्रतिनिधि र परिवेक्षक सहित २ हजार भन्दा बढीको सहभागीता हुने जेसीजका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सम्मेलनमा देशको आर्थिक बिकास सम्बन्धि गोष्ठी, प्रशिक्षण कार्यक्रम युवा सम्मान भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन जेसीज शाखाहरुको वक्तृत्वकला प्रतियोगिता, शान्ति पदयात्रा कला, संस्कृक्ति विनिमय कार्यक्रम पर्यटकीय क्षेत्रहरुको भ्रमण लगायतका थुप्रै कार्यक्रमहरु गरिने अधिकारीको भनाइ छ ।
देशका युवा व्यवसायीहरुको सहभागीतामा हुने गोष्ठीमा आर्थिक बिकास सम्बन्धि कार्यपत्र प्रस्तुती र छलफल गरिने जेसीजका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलन सम्पन्न गर्नका लागि गीतानगर जेसीजका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन निर्देशक समिति गठन गरी तयारी तिव्र पारिएको जेसीजका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।




