• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

भरतपुर महानगरपालिकाको सबै वडा आवासीय हुनुपर्ने जग्गा व्यवसायीको माग


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  • चितवन/गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाएका छन । उक्त समितिले आवासीय जग्गालाई समेत कृषियोग्य जमीनमा वर्गीकरण गरी जग्गाको मुल्यांकन कम बनाएको भन्दै व्यवसायीहरुले वडा अध्यक्षहरु समक्ष ज्ञापन पत्र बुझाएका हुन् । भरतपुर महानगरपालिकाको परिषद र समितिको निर्णय अनुसार भरतपुर महानगरपालिकाका २९ वटा वडा मध्ये वडा नम्बर ६ बाहेक १ देखि १२ वडासम्मको वडाहरुलाई आवासीय क्षेत्र र अन्य बांँकी वडाहरुलाई कृषियोग्य जमीनमा वर्गीकरण गर्ने निर्णय गरेको थियो । नारायणी घरजग्गा व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी, वरिष्ठ उपाध्यक्ष हेमन्त केसी र लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष विष्णु प्रसाद शर्मा लगायतको टोलीले कृषियोग्य जमीन वर्गीकरण गर्ने निर्णय भएका वडाहरुमा गएर सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन । टोलीले भरतपुर वडा नम्बर ६, १३, १४, १५, १६ र वडा नम्बर २२का अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएको थियो ।

    Advertisement

    ज्ञापन पत्र बुझाउंँदै संघका अध्यक्ष बाबुराम अधिकारीले समिति र परिषदको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताए । ‘यो निर्णयको विरोध हामी व्यवसायीको मात्र होइन, महानगरका आम जनता र किसानका लागि हो , अधिकारीले भने, यो निर्णय व्यवहारिक र वैज्ञानिक नभई भरतपुरका जनताको लागि बेइमानी हो ।’ समितिले जग्गा व्यवसायी र जनताको प्रतिनिधित्व नरही सिमित वडाअध्यक्षहरुको हस्ताक्षर गरी एकल निर्णय गरेकोमा आफूहरुको आपत्ति रहेको अधिकारीको भनाई छ । समिति र परिषदले भुउपयोग नियमावली २०७९ विपरीत ढंगबाट वर्गीकरण गरेको र मापदण्ड मिचेर समेत निर्णय गरेको व्यवसायीहरुको असन्तुष्टी छ । सो निर्णय अनुसार ती वडाहरुमा न्यूनतम बाटोको मापदण्ड ८ मिटर र बाटोबाट ३५ मिटर लम्बाई सम्मलाई मात्र आवासीय क्षेत्र मानिने र अन्य बांँकी जमीन कृषियोग्य जमीनको रुपमा वर्गीकरण गर्ने तथा त्यहांँ कुनैपनि आवास बनाउने पाईने छैन ।

    लेखापढी कानुन व्यवसायी एशोसियसनका उपाध्यक्ष शर्माले यो निर्णय जनता र कृषकको हितमा नरहेको बताए । ‘कुनै सरोकारवाला निकायसंँँग समन्वय नगरी गरिएको निर्णय मान्य हुनेछैन, शर्माले भने, यो निर्णयले गरीब झन गरीब र धनी झन धनी हुन्छ ।’ उनले व्यक्तिको जग्गाको पहिलो अधिकार स्वयं जग्गावाला हुने हुंँदा जग्गावालाको ईच्छा र आवश्यकता अनुसार वर्गीकरण हुनुपर्ने बताए । व्यवसायीहरुले भरतपुर महानगरपालिकाका सम्पूर्ण जग्गा आवासीय हुनुपर्ने र आवासीय जग्गामा पनि आवश्यकता अनुसार खेती गर्न सकिने बताएका थिए । निर्णय संशोधन नगरे आफूहरुले थप संघर्षका कार्यक्रमहरु ल्याउने व्यवसायीको चेतावनी छ । ज्ञापन पत्र बुझ्दै वडाअध्यक्षहरुले आफूहरु जनता र किसानको हित विपरीत जान नसक्ने भन्दै आगामी कार्यापालिका बैठकमा यसबारेमा व्यापक छलफल गर्दै आवश्यकता अनुसार निर्णय शंशोधन गरी तत्पश्चात मात्र कार्यान्वयनमा ल्याईने प्रतिबद्धता व्यक्त गरेका थिए । व्यवसायीहरुले निर्णयको विरोधमा बांँकी वडाहरुमा ज्ञापन पत्र बुझाउने महानगरपालिकाको कार्यालयमा समेत डेलिगेशन जाने तयारीमा रहेको बताए ।

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.