पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर -१०, चितवन र माछापुच्छ्रे बैंक लिमिटेड भरतपुर बीच बैंकका संचालक, कर्मचारी, र खातावाल सदस्यहरुको स्वास्थ्य परीक्षण तथा उपचार पुष्पाञ्जली हस्पिटल प्रा.लि.मा गर्दा सबै सेवामा २०% सम्म सहुलियत दिने गरी सम्झौता भएको छ । अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक सुजनराज अधिकारी र सामाजिक सेवा एकाई प्रमुख केदार सुबेदी तथा माछापुच्छ्रे बैंक लिमिटेड भरतपुरका ब्राञ्च मेनेजर कमल राज पौडेल र अनीता गौतमले हस्ताक्षर गर्नु भयो । छूट सुबिधा आजै देखि लागू हुने छ । यस्तो महत्वपूर्ण सम्झौताले दुबै तर्फका ग्राहक- सेवाग्राही लाभान्वित हुनेकुरा डा। भोजराज अधिकारीले बताउनु भयो! बैंकका प्रदेश मेनेजर मनोज भट्टराईले यो सुरुवाती सम्झौता हो अरु थुप्रै अनुकरणीय काम गर्न बाकी रहेको बताउनु भयो । कार्यक्रममा अस्पतालका अध्यक्ष चेतनाथ वाग्ले र पुष्पान्जलि मधुमेह स्वयं सेवी समाजका अध्यक्ष काली शंकर पौडेलको उपस्थिति थियो ।

Advertisement




