काठमाडौं/ पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई बुधबार बिहान असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । राईले ५ दिनअघि मात्र ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । मोरङको बेलबारीका राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।
Advertisement




