• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पर्व मेला २०८१ अन्तर्गत वडा दशैं जुत्ता चप्पल व्यापार मेला र काडा अटो शो २०८१ हुने


  •   शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघले विभिन्न वस्तुगत तथा विषयगत संघहरुसँगको सहकार्यमा विजया दशमी लगायतका पर्वहरुलाई लक्षित गरी पर्वहरुमा बढी खपत हुने दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ताचप्पल लगायतका वस्तुहरुको बिक्री वितरण एउटै छानामुनी गर्ने उद्देश्यका साथ चितवन प्रदर्शनी केन्द्रमा पर्व मेला २०८१ आयोजना गर्न लागेको हो । मेला अन्तर्गत बेस ग्लोबल प्रा.लि.को सहकार्यमा मिति २०८१ असोज १ गतेदेखी असोज २४ गतेसम्म वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१ हँुदैछ । भने, पर्व मेला २०८१ अन्तर्गत नै चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा मिति २०८१ असोज १६ गतेदेखि १९ गतेसम्म काडा अटो शो २०८१ आयोजना हुँदैछ ।

    Advertisement

    शनिबार सम्पन्न पत्रकार भेटघाट कार्यक्रम मार्फत पर्व मेला २०८१ को विषयमा जानकारी गराईएको थियो । चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका प्रमुख दिनुप कुमार बरालले प्रेस विज्ञप्ति मार्फत उक्त कुरा जानकारी गराउनु भएको थियो ।
    नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेट्ने गरि आकर्षक छुटमा खरिद गर्न सकिनेछ । बेश ग्लोबल प्रा.लि., शुभकामना फुटवेयर इण्डष्ट्रिज, लालीगुराँस फुटवेयर इण्डष्ट्रिज, भेनस सुज इण्डष्ट्रिज, पवित्रा शु इण्डष्ट्रिज प्रा.लि., आर्जन फुटवेयर एण्ड गार्मेन्ट इण्डष्ट्रिज प्रा.लि., सुरबी पोलिमर्स, शिखर शु इण्डष्ट्रिज प्रा.लि. बाट उत्पादित ब्राण्डका १००० मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


    मेलामा करीब ३० हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको मेला अन्तर्गत असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ । साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्न सक्नेछन् ।
    स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, बिदेशी जुत्ता चप्पल तथा छालाका बस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका बस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने, वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि पृष्ठपोषण संकलन गर्ने, उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्नु वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१ को मुख्य उद्देश्य रहेको छ । मेलामा स्थानीय जुत्ता, चप्पल उद्योगीहरु इच्छुक भएमा कुल स्टल संख्याको ५% सम्म प्रदर्शकको रुपमा सहभागी गराईने सह–आयोजक संस्था, वेश ग्लोबल प्रा.लि.का अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।

    “वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१” मा उत्पादनकर्ताहरु, निर्यातकर्ताहरु, थोक तथा खुद्रा विक्रेताहरु, स्कुल क्याम्पसका बिद्यार्थीहरु, शिक्षक शिक्षिकाहरु एवं प्राध्यापकहरु, पत्रकार, अनुसन्धानकर्ताहरु एवम् स्थानिय व्यवसायीहरु र विभिन्न पेशाकर्मीहरु तथा आम उपभोत्ताहरुले अवलोकन गर्नेछन् । नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्रमा महत्वपूर्ण हिंसा ओगटेको सन्दर्भमा स्वदेशी उत्पादन प्रयोगका लागि आम जनतालाई सकारात्मक सन्देश दिन वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१ सहयोगी हुने अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।
    त्यस्तै, पर्व मेला २०८१ अन्तर्गत नै चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा चितवनमा नै पहिलो पटक काडा अटो शो २०८१ आयोजना हुँदैछ ।
    विशेषगरी नेपालीहरुले महान पर्व वडादशैंको सन्दर्भमा सवारी साधनहरु खरिद गर्ने प्रचलनलाई सहयोग पु¥याउन काडा अटो शोमा एउटै छानामुनी २० भन्दा बढी ब्राण्डका गाडी तथा मोटरसाइकलका स्टलहरु रहने सह–आयोजक संस्था, चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका कोषाध्यक्ष यज्ञप्रसाद पौडेलले बताउनुभयो ।


    मेला अवधिभर प्रदर्शनी स्थलमा नै बैंक तथा विमाको सुविधाका साथै पुरानो गाडीसँग नयाँ गाडीको सट्टापट्टाको सुविधा रहनेछ । दशैं लक्षित विशेष सुविधामा गाडीको बिक्री वितरण गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको काडा अटो शो २०८१ मा रहने गाडी तथा मोटरसाइलहरु मध्ये करीब ८० प्रतिशत विद्युतीय सवारी साधनहरु रहने र करीब ३० करोडको कारोबार हुने लक्ष्य लिइएको काडा अटो शोमा सरल किस्ताबन्दी सुविधाको समेत प्रबन्ध गरिएको कोषाध्यक्ष पौडेलले बताउनुभयो ।
    चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले ५० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको पर्व मेला २०८१ ले विश्वमा देखिएको आर्थिक मन्दीको कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन र भरतपुर भ्रमण वर्ष २०२४ मा आन्तरिक पर्यटकलाई आर्कषण गर्न सहयोगी हुने बताउनुभयो ।
    अध्यक्ष न्यौपानेले पर्व मेला २०८१ अन्तर्गत हुने “जुत्ता चप्पल व्यापार मेला–२०८१” र काडा अटो शो २०८१ लाई सफल पार्न सम्पूर्ण क्षेत्रहरुका व्यक्तिहरुलाई मेला अवलोनका लागि आव्हान समेत गर्नुभयो । निःशुल्क प्रवेशको व्यवस्था सहित आयोजना हुने पर्व मेला २०८१ बिहान ९ः०० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रमलाई फुटवेयर मेनुफ्याक्चर एशोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.