भरतपुर/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चको आयोजनामा One Day Workshop on BUSINESS SIMULATION कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवनका कार्यालय प्रमुख विनोद पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि पौडेलले उद्योगी, व्यवसायीहरुले अरुको व्यक्तिगत स्वार्थका विषयमा भन्दा आफ्ना उद्योग, व्यवसायको प्रवद्र्धन र यसको स्तरउन्नतिका विषयमा बढी चासो राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले उद्योग, व्यवसायमा लाग्न चाहने जो कोहीले पनि आफूले शुरु गर्न लागेका उद्योग, व्यवसायको क्षेत्रमा जानकार हुन जरुरी रहेको बताउनुभयो ।
चितवन उद्योग संघका निर्देशक अनिष पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विशिष्ट अतिथि चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले चितवन उद्योग संघको सञ्चालन प्रक्रिया र यसको स्थापनाको मर्म, भावनाका विषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले चितवन उद्योग संघ र युवा उद्यमी मञ्चको सहकार्य र यसका गतिविधिलाई अझै प्रगाढ बनाउन गरिएका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै विशिष्ट अतिथि नारायणी वहुप्राविधिक शिक्षालय, भरतपुरकी प्रमुख सरिता रेग्मीले युवा उद्यमीहरुको लागि उद्यम, व्यवसायमा आवश्यक पर्ने तालिमहरुको लागि आफ्नो तर्फबाट सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो । कार्यशालामा क्षितिज जङ्ग थापाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रमुख प्रशिक्षक थापाले उद्यम, व्यवसायमा लाग्न चाहने र लागिरहनु भएका युवा पंक्तिहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।
युवा उद्यमी मञ्चका सदस्य प्रविन काफ्लेले सञ्चालन गर्नुभएको कार्यशालालाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोलेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।





https://www.youtube.com/watch?v=-5WP8TCtDhw
Advertisement




