• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने


  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
  • काठमाडौं/दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो उपत्यकास्तरीय योग स्पोर्टस च्याम्पियनसिप हुने भएको हो ।  प्रतियोगिताका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेका योग खेलाडी पनि समावेश भएको शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक केदार नाथ बास्ताकोटीले जानकारी दिए । 
    तारकेश्वर ८ स्थित टुसाल मल्टी भेन्युमा बिहान ७ बजेदेखि हुने प्रतियोगितमा विभिन्न ५० विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । एकल र सामूहिक÷संगीतमय (रिदमिक) समूहमा रहेर अन्तर्राष्ट्रिय सिलेबस अनुसार योगसानको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा विभिन्न उमेर समूहका खेलाडीले सिलेबसमा रही आफ्नो योगासन प्रस्तुत गर्नुपर्नेछ । प्रतियोगितामा एकल प्रतिस्पर्धा र उमेर समूहबीचको प्रतिस्पर्धा गरी २ अलग÷अलग विधामा संचालन हुनेछ । ७ उमेर समूहका खेलाडीले आफ्नै समूहको एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसमा ९ वर्ष मुनिदेखि ५० वर्षमाथिका खेलाडीले सहभागिता जनाउनेछन् । 
    उमेर समूहमा ९ वर्ष मुनि, ९–११, १२–१४, १५–१७, १८–३५, ३६–४९ र ५० वर्षदेखि माथिका गरी ७ उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । महिला पुरुष अलग–अलग गरी प्रत्येकको ७/७ गरी जम्मा १४ उमेर समूहमा खेल हुने संयोजक बास्ताकोटीले बताए ।  प्रतियोगिताका लागि योग प्रशिक्षण भइरहेका विद्यालय तथा व्यक्तिगतरुपमा पनि इच्छुक योग खेलाडीले गुगल फर्म भरेर आफ्नो नाम दर्ता गराएका उनले जानकारी दिए । जसमा एकल प्रतिस्पर्धातर्फ २३२ खेलाडीहरु प्रतियोगितामा सहभागी हुनेछन् । त्यस्तै, संगीतमय रिदमिक सामूहिक योगासन प्रतिस्पर्धा पनि हुनेछ । जसमा १५ वर्ष मुनिका २ समूह महिला र पुरुषको अलग अलग गरी १३० जना खेलाडीहरुले नाम दर्ता गराएका उनले बताए । यसरी प्रतियोगितामा सबै विधाका जम्मा खेलाडी–३६२ जना खेलाडीले दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् । 
    प्रतियोगितामा विजेता हुनेलाई नगदसहित प्रमाण पत्रले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा समावेश हुने खेलाडीहरुलाई उनीहरुले गर्ने आसनका आधारमा छनोट गरिएको प्रतियोगिताका लागि खेलाडी छनोट तथा प्रशिक्षण उपसमितिका संयोजक राजकुमार ओडारीले जानकारी दिए ।  उनले आफूहरुले विभिन्न विद्यालयमा गएर वा कतिपयको फोटोमा योगासन गरेको हेरेर प्रतियोगितामा समावेश हुने खेलाडीहरुको अन्तिम छनोट गरिएको जानकारी दिए । करिब ४०० जनाको नाम आएकोमा मापदण्डलाई ध्यान दिएर जम्मा ३६२ जना प्रतियोगिताका लागि योग्य भएकाले छानिएको उनले बताए । त्यस्तै, असार २९ गतेदेखिकै बैठकबाट प्रतियोगिताबारे काम थालिएको प्रचारप्रसार उपसमितिका संयोजक चन्द्र सापकोटाले जानकारी दिए । साउन २९ गतेको बैठकपछि आआफ्नो विभाग छुट्याएर कार्य गरी सामाजिक सञ्जालको प्रयोग तथा फोन र प्रत्यक्ष सम्पर्कमार्फत प्रतियोगिताबारे प्रचार गरिएको सापकोटाले बताए । 
    योगासन गर्दा कसरी सुरु गर्ने, कति समय कसरी होल्ड गर्ने, फिनिसिङ कसरी गर्ने जस्ता प्राविधिक विषयलाई ध्यान दिएर योगासनको प्रतियोगिता र जज हुने राष्ट्रिय योग खेलकुद संघका प्राविधिक विश्लेषक पुष्करराज पन्तले बताए । आसन प्रस्तुत गर्दा हरेक साना साना प्राविधिक पक्षलाई ध्यानमा राखेर गरेको छ कि छैन भन्ने किसिमलाई ध्यान दिइने उनको भनाइ छ ।  प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ लाग्ने अनुमान भएको आर्थिक उपसमितिका संयोजक शंकरदेव श्रेष्ठले जानकारी दिए । तारकेश्वर नगरपालिकाले कार्यक्रम स्थललगायतमा सहयोग गरेको उनले बताए । त्यस्तै, राष्ट्रिय योग खेलकुद संघले खेलाडीहरुलाई प्रमाण पत्रलगायतको व्यवस्था गरिदिने उनले जानकारी दिए । 
    त्यस्तै, सहभागी खेलाडीबाट ५०० रुपैयाँको दरले दर्ता शुल्क लिइएको र त्यसलाई पनि प्रतियोगितामै परिचालन गर्ने उनले बताए । विभिन्न क्षेत्रबाट आर्थिक संकलनको प्रतिवद्धता आएको श्रेष्ठले बताए । प्रतियोगिताको दिनसम्म आर्थिक पाटो व्यवस्थापन हुने उनको भनाइ छ ।  त्यस्तै, राष्ट्रिय योग खेलकुद संघका केन्द्रीय महासचिव चुडामणि खरेलले अन्य खेलजस्तै योगको आसनको प्रतियोगिताले मेडल प्राप्त गर्न सक्ने अवस्था रहेको भन्दै हरेक उमेर समूहलाई योगमा जोड्ने प्रयास भइरहेको बताए । उनले स्वीट्जरल्याण्डको जेनेभामा सन् २०१३ मा स्थापित अन्तर्राष्ट्रिय योग स्पोर्टस महासंघ (आइवाइएसएफ) अन्तर्गत रहेर नेपालको राष्ट्रिय खेलकुद परिषदको मापदण्डअनुसार वि. सं. २०७३ मा राष्ट्रिय योग खेलकुद गठन भएर कार्य गरिरहेको बताए । 
    आइवाइएसएफमा नेपाल सन् २०१७ मा आवद्ध भएको उनको भनाइ छ । उनका अनुसार संघले नेपालमा योग खेलकुदलाई प्रवर्द्धन गर्न हालसम्म ३ वटा दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता, ५ वटा राष्ट्रिय योग प्रतियोगिता, एउटा प्रदेशस्तरीय र एउटा उपत्यकास्तरीय प्रतियोगिता भइसकेको छ ।  योगले देशको अन्तर्राष्ट्रिय पहिचानमा भूमिका खेल्ने तथा हरेक उमेर समूहका नागरिकलाई योग गरेरै मेडल जित्न सकिने राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्न सक्ने अवसरका रुपमा रहेको जनाउँदै खरेलले योग खेलाडी उत्पादनका लागि संघले कार्य गरिरहेको स्मरण गरे । 
    ए, बी तथा सी स्तरका प्रशिक्षक र जज उत्पादनका लागि अघि बढेको खरेलले बताए । त्यस्तै, भारतलगायत अन्य देशमा पनि योगलाई विद्यालयको पाठ्यक्रमलाई अनिवार्यरुपमा समावेश गरेको उल्लेख गर्दै उनले नेपालमा पनि शिक्षा मन्त्रालयमा यसबारेमा पहल गरिरहेको बताए । त्यस्तै, आगामी २०२५ मार्चमा एशियन योग खेलकुद प्रतियोगिता नेपालमा गराउनुपर्ने जिम्मेवारी आएको पनि उनले जानकारी गराए ।

    Advertisement

    बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.