चितवन /पूर्वी चितवनको खैरहनीमा मुटुको एक्सरे (इकोकार्डियोग्राम) हुने भएको छ । खैरहनी ८ पर्सा बजारमा रहेको मेगा पोलिक्लिनिकमा मुटुको एक्सरे सेवा सुरु भएको हो ।
Advertisement
धेरै मानिसहरुमा अहिले विभिन्न किसिमको मुटुको समस्या हुन थालेको र मुटुको चाल लगायत मुटुको अवस्था हेर्न इकोकार्डियोग्राम गरिन्छ । त्यो सुविधा पूर्वीचितवनमा उपलब्ध नहुँदा भरतपुर जानुपर्ने बाध्यता रहेकाले आफूहरुले उक्त सेवा खैरहनीमा सुरु गरेको मेघा पोलिक्लिनिकका संचालक विनोद नेपालले जानकारी दिए ।
मुटु रोग विशेषज्ञबाट नै प्रत्येक हप्ताको शनिबार मुटुको एक्सरे सेवा लिन सकिने पोलिक्लिनिकका संचालक नेपालले बताए ।सोमबार खैरहनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर थापाको मुटुको एक्सरे गरेर सेवा सुभारम्भ गरिएको थियो ।




