• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राप्ती समितिको छैंटौं वार्षिक साधारण–सभा सम्पन्न


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • राप्ती/चितवन उद्योग संघ, राप्ती समितिको छैंटौं वार्षिक साधारण–सभा सम्पन्न भएको छ । चितवन उद्योग संघ, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभामा राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि लामाले राप्ती क्षेत्रभित्र सञ्चालन भएका उद्योगहरुले समग्र राप्तीको विकास हुने भएकोले यस क्षेत्रमा सञ्चालनमा रहेको उद्योगहरुले मात्र यहाँको माग पूरा गर्न नसक्ने हुँदा थप उद्योगहरु स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यहाँको माटो सुहाउँदो उद्योगहरु सञ्चालन गरी रोजगारी सिर्जना र आयआर्जनमा टेवा पु¥याउन सम्पूर्ण उद्योगीहरु हार्दिक आव्हान समेत गर्नुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका उपाध्यक्ष एवम् संगठन तथा सदस्य समन्वय विभागका संयोजक मदन घिमिरेले संघको राप्ती पालिका समितिभित्र रहेका उद्योगहरुको स्तरउन्नतिका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकाले पालिका समिति र स्थानीय सरकारबीच सहकार्य हुन जरुरी रहेको बताउनुभयो ।
    त्यस्तै चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले राप्ती क्षेत्रमा भौगोगिकताका कारण पनि पर्यटन उद्योगहरुको सम्भावना रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
    साधारणसभाको अवसरमा राप्ती उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष ओम डल्लाकोटी, राप्ती नगरपालिकाका वडा नं. ७ का वडाअध्यक्ष सुमिता डल्लाकोटी, वडा नं. ८ का वडाअध्यक्ष पूर्ण प्रसाद आचार्य, वडा नं. १२ का वडाअध्यक्ष अर्जुन प्रजा, पालिका समितिहरुको तर्फबाट चितवन उद्योग संघ, रत्नननगर पालिका समितिका अध्यक्ष उमाकान्त पौडेल, वीरेन्द्र आदर्श मा.वि.का अध्यक्ष घनश्याम कँडेल, चितवन जिल्ला क्रसर व्यवसायी संघका अध्यक्ष सरोज कुँबर लगायतले शुभकामना व्यक्त गरेका थिए ।
    चितवन उद्योग संघ, राप्ती पालिका समितिका अध्यक्ष खिलप्रसाद घिमिरेले स्वागत मन्तव्य सहित बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै चितवन उद्योग संघ, राप्ती पालिका समितिका सचिव बुद्धिराम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    अध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन माथि छलफल र अनुमोदन गरिएको थियो ।
    साधारणसभालाई थप रोमान्चित बनाउनको लागि राप्ती क्षेत्रका उद्योगहरुबाट उत्पादित वस्तुहरुलाई सहभागी र अतिथिहरुलाई गोलाप्रथाद्वारा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा राप्ती कंक्रिट उद्योगबाट कुखुराको भाले, बि.एस.फर्निचर उद्योगबाट टि टेबल, ऊँ शिव स मिल तथा भेनियर उद्योगबाट ढोका पल्ला, श्रीकृष्ण लेडिज टेलर्सको तर्फबाट टि सर्ट, सन्तोष स मिलबाट मौरीको घार, डि.एस.मसलाको तर्फबाट मसला, भुषाल राईस मिलबाट तोरीको तेल, हाईले ह्याचरीका प्रोपाइटर मर्काण्डे गौतमको तर्फबाट २ क्रेट अण्डा, श्रीयान्स ब्लकको तर्फबाट बुटटेदार गमला, होटल पिकक, रत्नननगर, सौराहाबाट एक जोडीको लागि १ दिनको बसाई र बिहानको नास्ता लगायतका पुरस्कारहरु वितरण गरिएको थियो ।
    कार्यक्रमको सञ्चालन र समापन चितवन उद्योग संघ, राप्ती पालिका समितिका उपाध्यक्ष राजेश रुम्बा लामाले गर्नुभएको थियो ।
    https://www.youtube.com/watch?v=N1GOySt7D80

    Advertisement

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.