माडी/चितवन उद्योग संघ, माडी पालिका समितिको छैंटौं बार्षिक साधारण–सभा सम्पन्न भएको छ । माडी पालिका समितिका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश, क्षेत्र नं. ३(२) का माननीय ठाकुर ढकाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि ढकालले निकुञ्जको कानूनी प्रावधानका कारण माडी क्षेत्रको उद्योगको विकासमा सोचेजस्तो विकास हुन नसकेको बताउनुभयो । उहाँले माडी पर्यटन उद्योगहरुको सम्भावना भएको क्षेत्र हुँदाहुँदै पनि निकुञ्जको कानूनी जटिलता र सरकारको नीतिका कारण पर्यटन उद्योगसँगै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा विकास हुन नसकेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले माडी क्षेत्रमा उद्योगहरु सञ्चालनका लागि स्थानीय सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले माडी क्षेत्रमा रहेका उद्योगहरुले रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पु¥याउने हुँदा उद्योगहरुको स्तर, उन्नतिको लागि स्थानीय निकायहरुले आवश्यक नीतिका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
साधारणसभाको अवसरमा माडी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष एवम् माडी नगरपालिकाका प्रवक्ता डण्डपाणी पौडेल, माडी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष दिपेन्द्रराज पौडेल, माडी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष श्री चन्द्रकुमारी बानियाँ, उद्योग वाणिज्य संघ, माडीका अध्यक्ष रेशमलाल आचार्य, आनन्द विश्राम चौतारीका अध्यक्ष सुरेश बहादुर थापा, चितवन उद्योग संघ, रत्ननगर पालिका समितिका अध्यक्ष उमाकान्त पौडेल, चितवन उद्योग संघ, राप्ती पालिका समितिका अध्यक्ष खिलप्रसाद घिमिरे लगायतलेसफलताको शुभकामना व्यक्त गरेका थिए ।
चितवन उद्योग संघ, माडी पालिका समितिका अध्यक्ष रमेश नेपालीले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै चितवन उद्योग संघ, माडी पालिका समितिका कोषाध्यक्ष सुमनराज खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन माथि छलफल र अनुमोदन गरिएको थियो ।
चितवन उद्योग संघ माडी समितिका सचिव जीताराम महतोले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, माडी पालिका समितिका उपाध्यक्ष नारायणदत्त रिजालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Advertisement




