चितवन/माडीको कल्याणपुरस्थित आनन्द विश्राम चौतारी संस्थाको अध्यक्षमा शुरेस बहादुर थापा चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको दशौं साधारणसभा तथा छैठौं अधिवेशनबाट निवृत्त शिक्षक थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा भुवन शान्ति पौडेल, सचिवमा भोजराज खनाल, सहसचिवमा नारायणदत्त रिजाल र कोषाध्यक्षमा रमेश अधिकारी चयन हुनुभएको छ भने सदस्यहरुमा हरिशंकर कोइराला, सुर्यकुमारी दवाडी, प्रेमकुमारी अधिकारी र जिताराम महतो रहनुभएको छ ।
संस्थाका (निवर्तमान) अध्यक्ष मनहरि पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशन कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल र विशिष्ट अतिथि माडी नगरप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । कार्यक्रममा वडाध्यक्षद्वय गणेश घताने र दीपेन्द्रराज पौडेलको समेत आतिथ्य रहेको थियो ।
आनन्द विश्राम चौतारी संस्थाले हाल ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा अन्तरगत दिवा खाजा, भजनकीर्तन र प्रवचन लगायतका काम गरिआएको छ भने निकट भविष्यमै बृद्धाश्रम (आवास सेवा) दिने तयारी गरेको छ ।




