• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

निजी क्षेत्र र बागमती प्रदेश सरकारबीच सहकार्य आवश्यक : मन्त्री तामाङ्ग


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • भरतपुर/÷चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सम्पन्न दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुक माया तामाङ्गले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालिन समाधान गर्न निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
    मन्त्री तामाङ्गले उद्योग, व्यवसायमा आएको संकुचनको बागमती प्रदेश सरकारको राजश्व संकलनमा समेत सन्तोषजनक अवस्था नरहेको बताउनुभयो । मन्त्री तामाङ्गले प्रदेश सरकारले रोजगारी सिर्जना, राजश्व संकलनका कार्यहरुमा निजी क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।
    कार्यक्रममा संरक्षक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशिलतालाई टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलाले महिलाहरुलाई उद्यमशिल बन्नका लागि प्रेरित गर्ने, स–साना महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने, उत्पादनको बजारीकरणका लागि सहयोग पुग्ने बताउनु भयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले हालको वर्तमान परिप्रेक्ष्यमा उद्योग, व्यवसायको दायरा संकुचन हुने अवस्थाले रोजगारी सिर्जना, आयआर्जनमा समेत ठूलो असर परेको बताउनुभयो । उहाँले उद्योग, व्यवसायलाई निर्वाद रुपमा सञ्चालन गर्नको लागि प्रदेश सरकारबाट पहलकदमी गर्न जरुरी रहेको बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका अतिथि जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषालले यस्ता खाले मेला, महोत्सवहरुबाट उद्यमीहरुमा थप उर्जा मिल्ने बताउनुभयो । उहाँले फरक प्रकृतिका उद्यमी, व्यवसायीहरुलाई एकै थलोमा राखी मेला आयोजना गरिनुले उत्पादन र सीपको संयोजन हुने बताउनुभयो ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि जानकारी गराउनु भएको थियो ।
    मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत नयाँ उत्पादनहरूको प्रदर्शन तथा प्रबद्र्धन गरिने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाहरू खोज्ने, महिला उद्यमीहरुलाई उद्यमशिलताको जगतामा थप हौसला प्रदान गर्ने, साथै तीज पर्वलाई उद्यमशिल सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने लक्ष्य राखिएको छ । आजबाट शुरु हुने मेलामा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स, विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टलहरु रहेका छन् ।
    मेलाको दोश्रो दिन महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल, राष्ट्रिय कलाकार अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीको प्रस्तुति, उद्यमशिलता सम्बन्धि ज्ञान आदानप्रदान तथा उद्यमी उत्पे्ररणाका कार्यक्रमहरु रहने छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान समेतगरिएको छ । चितवनका सम्पूर्ण पालिकाहरुबाट आउने अवलोकनकर्ताहरुलाई निःशुल्क वस सेवाको समेत व्यवस्था गरिएको छ ।
    मेला अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत मेलाको पहिलो दिन कुपन नं. ११६ का सेबिका थापा प्रथम, कुपन नं. ८४ का गोमन सिंह वि.क.दोश्रो र कुपन नं. १०६ का रुपेशकृष्ण श्रेष्ठ तेश्रो हुन सफल भएका छन् ।
    पहिलो दिन उपहार प्रदान गर्ने दाताहरुमा ओम शान्ति कपडा पसल, बि.एम.हस्तकला प्रशिक्षण उद्योग, अर्जुन व्यवसायिक मौरीपालन, नमूना हस्तकला उद्योग, मान्द्रो नेपाल, शर्मा एग्रो प्रोडक्स, चितवन उड क्राफ्ट, शुभारम्भ प्रशिक्षण केन्द्र, हिमाली अल्लो कपडा उद्योग, गैंडाकोट नगरपालिका, उद्यमशिल महिला समूह रत्ननगर, रेम्बो हस्तकला उद्योग पोखरा, महाकाली फुड्स प्रोडक्स एण्ड एग्रो प्रा.लि.रहेका छन् ।
    चितवन उद्योग संघ, पाठशाला अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी उपाध्यक्ष सरिता खनाल पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभयो ।

    Advertisement

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.