• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गृह मन्त्रालयको मस्यौदाका प्रावधानप्रति सशस्त्र प्रहरीले असन्तुष्टि


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ/मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदाका लागि सैद्धान्तिक सहमति दिएको ६ महिना बितेको छ । तर अहिलेसम्म विधेयकको मस्यौदाले अन्तिम रूप पाएको छैन । गृह मन्त्रालयले मस्यौदाका लागि सुझाव दिन सह सचिव झक्कप्रसाद आचार्य नेतृत्वको अध्ययन कार्यदल निर्माण गरेको थियो । कार्यदलले सशस्त्रमा २०९५ सालबाट मात्र ३० वर्षे सेवा अवधि हटाउनुपर्ने निष्कर्षसहितको सुझाव प्रतिवेदन दिएपछि मस्यौदा तयार पार्ने प्रक्रिया झन् अलमलिएको छ । गृहमन्त्री रमेश लेखकलाई गत साउन १७ गते प्रतिवेदन बुझाइएको थियो । सो प्रतिवेदनमा टेकेर गृहका अधिकृतहरू विधेयकलाई अन्तिम रूप दिन जुटिरहेका छन् । तर, मस्यौदाका प्रावधानप्रति सशस्त्र प्रहरीले असन्तुष्टि जनाएको छ ।

    Advertisement

    यही कारण गृहका अधिकृतहरू सशस्त्रलाई मनाउने कसरतमा जुटेका छन् । त्यही प्रयोजनका लागि यही भदौ १२ गते सशस्त्रको प्रधान कार्यालय हल चोकमा छलफल आयोजना गरिएको छ । सशस्त्रका निश्चित अधिकृतहरू र आइजिपीसँग छलफल गर्न लागिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई जानकारी गराए । सशस्त्र प्रहरी ऐन–२०५८ लाई प्रतिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउन लागिएको हो । प्रस्तावित नयाँ विधेयकमा विद्यमान सशस्त्रको नियमावलीमा भएका अधिकांश व्यवस्था समावेश गर्ने गरी छलफल अघि बढेको मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालले जनाए ।

    ‘केही विषय टुङ्गिने प्रक्रियामा छ’ उनले रातोपाटीसित भने । मस्यौदा गरिएको विधेयकमा प्रहरी निरीक्षक इन्स्पेक्टरमा भर्ना लिने उमेर हद बढाउने उल्लेख छ । चार वर्षे स्नातक तह लागु भएका कारण इन्स्पेक्टर भर्नाको उमेर हद २७ वर्ष राख्न भनिएको छ । सशस्त्रको विद्यमान ३० वर्षे सेवा अवधि हटाएर उमेरहद र पदावधि लागु गर्न पनि प्रस्ताव गरिएको छ । महानिरीक्षक आइजिपीको उमेर हद ५८ बाट बढाएर ६० वर्ष बनाउने लगभग निश्चित छ ।

    मस्यौदा समितिका एक जना सदस्य भन्छन्, ‘निजामती ऐनको विधेयकमा प्रस्ताव गरेजस्तै हाम्रोमा पनि आइजिपीको उमेर हद ६० वर्ष राख्नुपर्छ भन्ने सहमति भएको छ ।’   अवकाशमा जाने उमेरहद एआईजी र डिआइजीको ५९ वर्ष, एसएसपीको ५८ वर्ष, एसपी र डिएसपीको ५७ वर्ष राख्न प्रस्ताव गरिएको छ ।

    आचार्य कार्यदलले प्रहरी र सशस्त्रमा समान पदावधि बनाउन दिएको सुझाव पनि विधेयकमा समेटिनेछ । सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि ३ वर्ष, एआईजीको ३ वर्ष, डिआइजीको ५ वर्ष र वरिष्ठ उपरीक्षकको ८ वर्ष बनाउनेबारे मस्यौदाकारहरूबिच छलफल भइरहेको छ ।

    सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाए पनि तत्काल लागु गर्न नहुने आचार्य कार्यदलको निष्कर्ष छ । अध्ययन कार्यदलले सशस्त्रमा २०९५ सालबाट मात्र ३० वर्षे सेवा अवधि हटाउनुपर्ने राय दिएको छ । अहिलेको सेवा अवधि हटाउँदा खुल्ला प्रतिस्पर्धाबाट आएका इन्स्पेक्टरहरू २७ वर्षसम्म एउटै पदमा बस्नुपर्ने अवस्था सिर्जना हुने गृहका अधिकारीहरूको बुझाई छ ।

    इन्स्पेक्टरमा भर्ना हुनेहरू कम्तीमा डिआइजीसम्म पुग्ने गरी ‘करिअर प्लान’ बनाउनेबारे पनि मस्यौदाकारहरूबिच छलफल चलिरहेको बताइएको छ ।  जवान र हवलदारलाई १६ वर्षमा र जुनियर अधिकृतलाई १८ वर्षमा पेन्सन दिने व्यवस्थाबारे परामर्श भइरहेको एक अधिकृत बताउँछन् । इन्स्पेक्टर र सोभन्दा माथिका सिनियर अधिकृतहरूलाई २० वर्षमा पेन्सन दिने प्रारम्भिक मस्यौदामा उल्लेख छ ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.