• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

विवाहमा डोली चढ्ने चलन हराउँदै


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • कञ्चनपुर/शुक्लाफाँटा  नगरपालिका–३ का ६० वर्षीय गहनु चौधरीसँग आफ्नो विवाहमा चँडोल (डोली) चढेको सम्झना अझै ताजा छ । विवाहका बेला चँडोल चढ्दाको अनुभव सुनाउँदै उहाँले त्यो चलन अब विगत भयो, आजकल देख्न पाइँदैन भन्नुभयो ।  डम्फुको तालसँग नाच्दै गरेका जन्तीसँगै चँडोलमा चढेर दुलही अन्माउँदाको सम्झना निकै रमाइलो रहेको उहाँले सुनाउनुभयो । विगतमा थोरै खर्चमा परम्परागत विधि विधानअनुसार चँडोल, डोली चढेर हुने विवाह हराउँदै गएकोमा गहनुले चिन्ता व्यक्त गर्नुभयो ।
    थारु समुदायको विवाहमा दुलहालाई बोक्न चँडोल र दुलही बोक्नका लागि डोलीको प्रयोग परम्परागत कालदेखि हुँदै आएको छ । हाल डोली र चँडोल चढ्ने चलन आधुनिकताको प्रवेशसँगै हराउँदै गएको गहनु बताउनुहुन्छ ।  बाह्य संस्कृतिको प्रभावका कारण चँडोल, डोलीको सट्टा दुलहादुलही बोक्नका लागि आधुनिक यातायातका साधन ट्रयाक्टर, बस र जीपको प्रयोग हुन थालेपछि विवाहमा डोली हराउँदै गएको उहाँको भनाइ छ ।

    Advertisement

    “विवाहमा थारु समुदायले दुलहालाई चँडोलमा, दुलहीलाई डोलीमा बोक्ने कार्यसँगै जन्तीलाई बोक्नका लागि गोरु गाडाको प्रयोग हुने गरेको थियो”, थारु अगुवा विश्राम चौधरीले भन्नुभयो, “हाल यातायातका साधनको सहज उपलब्धताले गर्दा थारु समुदायको पहिचान बोकेको डोली लोपोन्मुख अवस्थामा पुगेको छ ।”

    थारु समुदायले विवाहमा दुलही बोक्नका लागि बनाउने डोलीमा रङ्गीचङ्गी कपडाको मोहोरी, खिल्वार, छौना, मचिया, पर्गेहनी, लाखक चुनरीया, वहन्वार, घारा, लोटा, घण्टी, पघा र स्याँठाको प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।

    “डोली दुलही पक्षका व्यक्तिले निर्माण गर्नुपर्ने चलन थारु समुदायमा रहेको छ”, विश्रामले भन्नुभयो, “दुलहा पक्षबाट दिएको वहन्वार खिलवारको डोलीमा प्रयोग गर्नुपर्छ ।” यसरी बनाइएको डोली बोक्नका लागि दुई जना व्यक्तिको आवश्यकता पर्ने उहाँको भनाइ छ । उहाँँका अनुसार थारु समुदायका व्यक्तिले दुलहीको घरमा जन्ती लगेर जाँदा भने विशेष प्रकारले बनाएको चँडोलको प्रयोग गर्ने कार्य गर्दै आएका छन् ।

    दुलहाको इज्जत र पहिचान बेग्लै बनाउनका लागि चँडोलको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । चँडोल बनाउनका लागि छाजन, वहन्वार, घण्टी, घारा, स्वाँठा, खटिया, पर्नेहनी र पनही आवश्यक पर्छ । “चँडोलमा दुलहालाई सवार गराएर चार जनाले बोक्ने गरी बनाइएको हुन्छ”, फुलराम चौधरीले भन्नुभयो, “हाल गरिने विवाह समारोहमा यसरी दुलहा र दुलहीलाई डोली र चँडोलमा राखेर लैजाने कार्य वीरलै देख्न पाइने गरिएको छ ।”

    डोली, चँडोलले थारु समुदायको संस्कृति पहिचान झल्काउने भएकाले यसलाई बचाउनका लागि थारु युवा अग्रसर हुनुपर्ने थारु समाजसेवी जगरनाथ चौधरी बताउनुहुन्छ । “केहीले अहिले पनि परम्परागत संस्कृति जगेर्ना गर्नका लागि घरको केही टाढासम्म दुलहा र दुलहीलाई चँडोल र डोली चढाउने गर्दछन्”, उहाँले भन्नुभयो, “घरभन्दा केही पर पुगेपछि आधुनिक सवारीकासाधन प्रयोगमा ल्याउने गरेका छन्, पहिला दुलहा र दुलहीको घरसम्म नै डोली चढ्ने चलन थियो ।” -रासस

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.