चितवन/नेपाल शिक्षक संघ चितवनले संघको गतिवधिलाई जनस्तरमा पुर्याउन वेबसाइट संचालनमा ल्याएको छ । संघको निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागले वेबसाईट तयार गरेको हो । भावि रणनितिक योजना , वर्तमान कार्यक्रमहरु , सुचना प्रविधिसंग जोडेर संघको गतिविधलाई जनस्तरमा पुर्याउने उदेश्यले वेबसाइट सुरु गरेको संघका जिल्ला कार्यसमितिका सदस्य अनिष घिमिरेले बताउनुभयो । बेवसाईटले सबै सदस्यलाई सक्रिय बनाउन सहयोग पुग्ने घिमिरेले बताउनुभयो ।
वेबसाईटमा संघका जिल्ला स्थित सदस्यहरुको विवरण उल्लेख गरिएको छ । नेपाल शिक्षक संघ बागमती प्रदेश उपमहासचिव तथा सुचना विभाग प्रमुख रूद्र कुमार धमलाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल शिक्षक संघ केन्द्रीय सदस्य रूद्र प्रसाद सुवेदी, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, ट्रेड युनियन काँग्रेस केन्द्रीय सदस्य सीता शर्मा ढकालले शुभकामना दिनुभएको थियो । । कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको सभाहलमा भएको उक्त कार्यक्रममा जिल्लाभरका करिव २०० जना शिक्षक सहभागी थिए ।




