चितवन/नारायणगढमा आज एक कार्यक्रमकाबीच हवाई सेवा टिकट कार्यालय संचालन भएको छ ।नारायणगढको सहिद चोकमा (यानबियाम) होलिडेज हवाई टिकट सेवा संचालन भएको हो । हवाई टिकट सेवा होलिडेजका संचालक सुदिप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा (यानबियाम)का प्रबन्ध निर्देशक सुदर्शन नेपालले संयुक्त रुपमा रिवन काटेर कार्यालयको समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटनका अवसरमा प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष नेपालले विभिन्न देश जानका लागि कार्यालयले चितवनमा सस्तो र सुलभ मुल्यमा टिकट सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा रहनुभएका उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदीले हवाई कन्सल्टेन्सीहरुको बिचमा यसले अलग पहिचान बनाउन सफल रहोस भन्दै शुभकमना दिनुभयो । उक्त कार्यालयले कतार, मलेसिया, दुबै, जापान जस्ता साना तथा ठूला मुलुकहरुका लागि सस्तो र सुलभ मूल्यमा टिकट उपलब्ध गराउदै आइरहेको छ ।




