• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दाँतको ब्रेसेजका बिरामीहरुको लागि बरदान सावित शुभकामना डेण्टल एण्ड अर्थोडोन्टिक सेन्टर प्रा.लि.


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • Advertisement

    डा.जितेन्द्र कुमार शाह
    प्रबन्ध निर्देशक

    वि.सं.२०३९ सालमा सिराहा जिल्लाको लाहान नगरपालिकामा जन्मिएका डा.जितेन्द्र कुमार शाह चितवन र चितवन आसपासका जिल्लाहरुमा दाँत र मुख सम्बन्धित बिरामीहरुका मन, मस्तिष्कहरुमा बस्न सफल हुनुभएको छ ।
    २०५६ सालमा सरकारी विद्यालय अन्तर्गत वस्तीपुर मा.वि.बाट प्रवेशिका परीक्षामा सहभागी डा. शाह बोर्डफष्ट हुन सफल हुनुभएको थियो । शाहले वि.डि.एस.मन्त्रालयको छात्रवृत्ति प्राप्त गरी युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस भैरहवाबाट २०६९ सालमा दन्त चिकित्सा उत्तीर्ण समेत गर्नुभयो । उहाँले करार सेवामा सगरमाथा अञ्चल अस्पतालमा वि.सं.२०७२ सम्म सेवा गर्नुभएको थियो ।
    निकै मेहनती, लगनशिल शाहले एम.डि.एस. प्रवेश परीक्षामा टप गर्दै कान्तिपुर डेण्टल कलेजबाट विशेषज्ञता हासिल गर्नुभएको छ । हाल कलेज अफ मेडिकल साईन्सेसमा प्राध्यापकको रुपमा समेत आफ्नो समय व्यतित गर्नुभएका डा. शाहले शुभकामना डेण्टल र सेभ एण्ड स्माइल क्लिनिकमा कल्सल्टेण्ट अर्थोडोन्टिसको रुपमा समेत दाँत र मुखका बिरामीहरुको सेवामा दिनरात लागिरहनु भएको छ । स्वास्थ्यसँग निकै सरोकार राख्दै आउनुभएका डा.शाह बिहानीको समय चितवन फिजिकल फिटनेशमा पुगी शारीरिक व्यायाममा बिताउनुहुन्छ । विभिन्न संघ–संस्थाहरुसँग भाइचाराको सम्बन्ध बिस्तारदेखि बिरामीका समस्याहरुमा निरन्तर लाग्ने निकै उर्जाशिल व्यक्तित्व डा.शाहसँग उज्यालो टाईम्सका प्रधान सम्पादक राजु भट्टले गर्नुभएको कुराकानीको सारसंक्षेप ः

    प्रश्न ः शुभकामना डेण्टल एण्ड अर्थोडोन्टिक सेन्टर प्रा.लि.कस्तो खालको डेण्डल हो ?
    उत्तर ः सर्वप्रथम त उज्यालो टाइमर््सलाई डेण्टलको विषयमा केही जिज्ञासाहरु राखी दाँत र मुखसँग सम्बन्धि बिरामीहरुलाई जानकारी गराईदिने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।
    हाम्रो डेण्टल खासगरी क्लिनिक सुविधा सहित बाङ्गोटिङ्गो दाँतलाई तार बाँधेर मिलाउने अर्थात “ब्रेसेज उपचार विशेषज्ञ केन्द्र” रहेको डेण्टल हो । हामीकहाँ दाँत र मुखसँग सम्बन्धि सम्पूर्ण उपचारहरुको साथै विशेषज्ञ चिकित्सकहरुबाट ब्रेसेज उपचार समेत गर्ने गरिन्छ ।

    प्रश्न ः तपाईकोमा कस्ता किसिमका समस्याहरु लिएर बिरामीहरु आउने गर्दछन् ?
    उत्तर ः मुख्यतय, हामीकहाँ दाँत दुखेको, किरा लागेको, दाँतहरु हल्लिने, हर्षा भएको, अनुहार सुन्निएको, चोट लागेर दाँच भाँचिएको, नभएको दाँतमा नक्कली दाँत हाल्ने, बाङ्गोटिङ्गो दाँत ब्रेसेज पद्धतिबाट मिलाउने लगायत दाँत र मुखसँगका सम्पूर्ण खाले समस्याहरु लिएर बिरामीहरु आउने गर्नुहुन्छ ।

    प्रश्न ः तपाईको डेण्टलमा ग्राहकहरुले के–के सुविधाहरु प्राप्त गर्न सक्छन् ?
    उत्तरः हाम्रो डेण्टलमा दाँतको जनरल चेकअफ, एक्सरे, दाँतमा सिसा, चाँदी कम्पोजिट भर्ने, दाँत सफा गर्ने, दाँतको जरादेखिको उपचार गर्ने, दाँतमा विभिन्न प्रकारका खोल हाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतको सामान्य शल्य चिकित्सा र वालक र वयस्कहरुको दाँत सम्बन्धि सम्पूर्ण उपचार सुविधा प्राप्त गर्न सकिनेछ ।

    प्रश्न ः वृद्धवृद्धा, गरीब, असाहयहरुको लागि कस्ता खाले योजना बनाउनु भएको छ ?
    उत्तरः हामीले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी विभिन्न स्थानहरुमा पुगी डेण्टल सम्बन्धि परामर्श दिदै समेत आएका छौं । अझ विशेषत हामीले क्लिनिकको माध्यमबाट वृद्धवृद्धा, गरीब, असहायहरुको लागि उपचारको प्रकार र जटिलता हेरी ३० देखि ५० प्रतिशत सम्म सहलियतको व्यवस्था समेत गर्दै आईरहेका छौं ।

    प्रश्न ः चितवनमा डेण्डलहरु खुल्ने क्रम निकै बढ्दो छ, अन्य टेण्डल र यो डेण्टलमा के फरक पाउन सकिन्छ ?
    उत्तर ः सर्वप्रथम हाम्रो डेण्टल एनएमसिमा दर्ता भएका विशेषज्ञ चिकित्सकहरुको प्रत्यक्ष लगानी र निगरानीमा सञ्चालित क्लिनिक हो । राज्यको डेण्टल सञ्चालन गर्ने नियमकन निकायहरुले काम नगर्दा बजारमा गैह्र डेन्टिस्टहरुले खोलेका थुप्रै क्लिनिकहरुबाट बिरामीहरुमा समस्याहरु आईपरेका गुनासाहरु हामीले भोग्दै, सुन्दै आएका पनि छौ । यसरी खुलेका डेण्टलहरुले पूर्णकालिन डाक्टर सेवा प्रदान गर्न नसक्ने, अन्य उपचार पद्धतिमा समेत सेवाग्राहीहरुले प्रत्यक्ष डाक्टरबाट सुलभ र राम्रो उपचार प्राप्त गर्न सकिरहेका छैनन् ।
    हाम्रो डेण्टलमा यी सबैकुराहरुको व्यवस्थापन गरिएको छ । त्यति मात्र नभई हाम्रो टेण्टलमा दाँतको ब्रेसेजका बिरामीहरुले सहज र सुलभ रुपमा सेवाहरु पाईरहेका छन् । हाम्रोमा बिरामीहरुले महिनाको हरेक दिन विशेषज्ञ अर्थोडोन्टिस्टद्वारा उपचार र परामर्श प्राप्त सक्छन्् । साथसाथै, हामीकहाँ अतिरिक्त जटिल दन्त उपचारको लागि सम्पूर्ण विशेष डाक्टरहरुलाई अनकल मार्फत अति गुणस्तरीय विशेषज्ञ उपचार सेवा प्रदान गरिन्छ । यी विशेषताहरुका कारण शुभकामना डेण्टल एण्ड अर्थोडोन्टिक सेन्टर प्रा.लि.अन्य डेण्टल भन्दा फरक छ जस्तो लाग्छ हामीलाई ।

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.