कुरिनटार/चितवन उद्योग संघ, इच्छाकामना पालिका समितिको छैंटौं बार्षिक साधारण–सभा मनकामना राइजिङ रिसोर्ट, कुरिनटारमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, इच्छाकामना पालिका समितिका अध्यक्ष रामहरि कँडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा इच्छाकामना गाउँपालिकाका प्रबक्ता नरबहादुर नेपाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि नेपालले उद्योगी र व्यवसायीहरुको समस्यालाई आफूले नजिकबाट बुझेकोले उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले संघ अन्तर्गत रहेको इच्छाकामना समितिले आफ्नो एकवर्षे कार्यकालमा गरेका कामहरु निकै महत्वपूर्ण रहेकोले आगामि दिनहरुमा समेत आफ्नो योजनाहरुका कामहरु सफल गर्न सुझाव दिनुभयो ।
त्यस्तै साधारणसभाको अवसरमा इच्छाकामना पालिका समितिका संस्थापक अध्यक्ष अम्बर बहादुर अधिकारी, उद्योग वाणिज्य संघ, इच्छाकामनाका अध्यक्ष कल्याण गोबजुं, होटल व्यवसायी संघ, इच्छाकामनाका अध्यक्ष मिन बहादुर श्रेष्ठ, इच्छाकामना चेम्बर अफ कमर्शका अध्यक्ष अश्विन कुमार लम्साल, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी सचिव गीता ढकाल लगायतले इच्छाकामना समितिको छैंटौं साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।



Advertisement




